२२ बैशाख २०८१, शनिबार

आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित


कोरोनामुक्त

काठमाडौँ, असोज २१ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३४३९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४२५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४२०९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ११ लाख ३ हजार ४८५ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २५००७ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १०५९६ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १४४११ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४१६४ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १२९६ जना, ललितपुर जिल्लाका २९३ जना र भक्तपुर जिल्लाका ९५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ११२६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ६८६६८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हालसम्म नेपालका ३ जिल्ला कोरोनामुक्त भएका छन् । उक्त जिल्लामा भएका सबै कोरोना संक्रमितहरु निको भएको र हाल सक्रिय संक्रमित छैनन् । जसमा प्रदेश १ मा १ र गण्डकी प्रदेशमा २ वटा जिल्ला रहेका छन् । सोलखुम्बु, मनाङ र मुस्ताङ गरी ३ जिल्ला कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ७७ जिल्लामध्ये ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही जिल्ला गरी ७ जिल्लामा कोरोना भाइरसका ५०० भन्दा बढी बिरामी रहेका छन् ।

नेपालका आज असोज २१ गते ३ जिल्ला भए कोरोनामुक्त, ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित

यो पनि पढ्नुहोस्

आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !