२५ बैशाख २०८१, मंगलबार

नेपालमा संक्रमितको संख्या ९४ हजार नाघ्यो, आज एकैदिन थपिए नयाँ ३४३९ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, असोज २१ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३४३९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४२५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४२०९ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ११ लाख ३ हजार ४८५ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २५००७ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १०५९६ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १४४११ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४१६४ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १२९६ जना, ललितपुर जिल्लाका २९३ जना र भक्तपुर जिल्लाका ९५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ११२६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ६८६६८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको पुष्टि भएको छ ।

आज नेपालमा कोभिड-१९ को अवस्था


यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ९० हजार नाघ्यो, आज थपिए नयाँ १५५१ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !