१० जेष्ठ २०८१, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो


मृत्यु

काठमाडौँ, असोज २१ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको पुष्टि भएको छ । नेपालमा आजसम्म कोरोना संक्रमित हुनेहरुको मृत्यु हुने प्रतिशत ०.६१ % रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । हिजो नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ५ जना महिला र १० जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने ५ जना महिलामा सिरहाकी १ जना, रौतहटकी १ जना, काठमाडौँका २ जना र दाङकी १ जना रहेकी छन् । कोरोना संक्रमणवाट मृत्यु हुने १० जना पुरुषमा मोरङका २ जना, काठमाडौँका ४ जना, ललितपुरका १ जना, चितवनका १ जना, रुपन्देहीका १ जना र नवलपरासीका १ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ५ जना महिलामा सिरहाकी ५० वर्षीया, रौतहटकी ७२ वर्षीया, काठमाडौँका ६६ र ७२ वर्षीया २ जना र दाङकी ७१ वर्षीया रहेका छन् । यस्तै मृत्यु हुने १० जना पुरुषहरुमा मोरङका ४० र ६० वर्षीय, काठमाडौँका ४५, ५३, ६४ र ६९ वर्षीय, ललितपुरका ४६ वर्षीय, चितवनका ६१ वर्षीय, रुपन्देहीका ५५ वर्षीय र नवलपरासीका ७६ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ५६३ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु