९ जेष्ठ २०८१, बुधबार

नेपालमा कोरोना जित्नेको संख्या ६८ हजार नाघ्यो, थप ११२६ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ, असोज २१ । नेपालमा पछिल्लो २४ घण्टामा ११२६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ६८६६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा आज १६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १२९६ जना, ललितपुर जिल्लाका २९३ जना र भक्तपुर जिल्लाका ९५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ३४३९ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४२५३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या ६७ हजार नाघ्यो, थप २३४० जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !