२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री निवास बालुवाटारभित्र कोरोना भयावह रुपमा फैलियो : ७६ जनामा संक्रमण पुष्टि


प्रधानमन्त्री निवास बालुवाटार

काठमाडौं, १७ असोज, । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्रोतका अनुसार प्रधानमन्त्रीका ३ जना सल्लाहकारहरु, २ जना सचिवहरु, सचिवालयमा कार्यरत अन्य कर्मचारीहरु, सुरक्षाकर्मीहरु र सवारी चालक सहित ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, मुख्य स्वकीय सचीव इन्द्र भण्डारी, विकास विज्ञ गजेन्द्र थपलिया, प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्या सिंह शाह, फोटो ग्राफर राजन काफ्ले लगायतका सचिवालयका सदस्य समेत रहेका छन् ।

कोरोना संक्रमित हुनेहरुमध्ये रिमाल, भट्टराई, थापा र काफ्लेले आफूहरु संक्रमित भएको सामाजिक संजालमार्फत जानकारी दिएका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत संक्रमण भएकोबारे जानकारी दिँदै आफूहरुको सम्पर्कमा आउनेहरुलाई सचेत हुन सुझाएका छन् ।

यो पटक हिजो प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन । सचिवालयका ४ जनालाई देखिएपछि अब उनको पनि परीक्षण हुने बताइएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार स्वाब संकलन गरिएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालय स्रोतले जनाएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको सुरक्षामा खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरुमा नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ जना र सशस्त्र प्रहरीका १८ जनालाई देखिएको छ । अरु थपको रिपोर्ट आउन भने बाँकी छ ।

प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्ने सल्लाहकारहरू र प्रमुख स्वकीय सचीवलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री ओलीमा के होला ? भन्ने उनको स्वास्थ्यबारे चासो र चिन्ता आम जनमानसमा बढेको छ । तर बाक्लो भेटघाट र चहलपहल हुने बालुवाटारमा कार्यरत ७६ जनामा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका धेरै कन्ट्याक्ट ट्रेसिङमा परेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीका ३ जना सल्लाहकारहरु र प्रमुख स्वकीय सचिवमा कोरोना पुष्टि

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालमा पनि कोरोना पुष्टि, प्रधानमन्त्रीमा के होला ?

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईमा पनि कोरोना पुष्टि

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारमा कोरोना पुष्टि, प्रधानमन्त्रीमा के होला ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !