२४ बैशाख २०८१, सोमबार

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईमा पनि कोरोना पुष्टि


राजन भट्टराई

काठमाडौं, १७ असोज । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई पनि कोरोना संक्रमण देखिएको छ । उनले शुक्रबार पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए ।

उनले ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जनाएका हुन् । उनले यसबीचमा सम्पर्कमा आएका सबैलाई पिसिआर परीक्षण गर्न अनुरोध गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्, ‘हिजोको पिसिआर परीक्षणमा ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालप्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दैनिकजसो प्रधानमन्त्री ओलीसँग निकट हुने भट्टराई, रिमाल र थापामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रधानमन्त्री ओलीमा के होला ? भन्ने चासो र चिन्ता आम जनमानसमा बढेको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालमा पनि कोरोना पुष्टि, प्रधानमन्त्रीमा के होला ?

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारमा कोरोना पुष्टि, प्रधानमन्त्रीमा के होला ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !