२३ बैशाख २०८१, आइतबार

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारमा कोरोना पुष्टि, प्रधानमन्त्रीमा के होला ?


सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

प्रधानमन्त्रीको सचिवालयमा पहिलो पटक कोरोना पुष्टि भएको बाहिरिएको हो । विभिन्न संचार माध्यममा प्रधानमन्त्रीका बारेका आएका समाचारको सविस्तार जानकारी दिनको लागि उनी प्रधानमन्त्रीसँग प्राय: धेरै निकट हुने गरेको बुझिएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारमा कोरोना संक्रमण पुष्टि भएसंगै प्रधानमन्त्री ओलीमा के होला ? भन्ने चासो आम जनमानसमा बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !