२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालमा पनि कोरोना पुष्टि, प्रधानमन्त्रीमा के होला ?


विष्णु रिमाल

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको रिमालले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा पनि कोरोना पोजिटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु ।’

उनलाई आज शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । उनले हिजो शुक्रबार स्वाब दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दैनिकजसो प्रधानमन्त्री ओलीसँग निकट हुने रिमाल र थापामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रधानमन्त्री ओलीमा के होला ? भन्ने चासो आम जनमानसमा बढेको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारमा कोरोना पुष्टि, प्रधानमन्त्रीमा के होला ?

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !