१५ बैशाख २०८१, शनिबार

आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित


कोरोनामुक्त

काठमाडौँ, असोज ११ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १५७३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३३९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०१२३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ९ लाख ८८ हजार ३२७ पीसीआर परीक्षण गरिसकिएको छ ।

सक्रिय संक्रमितको संख्या १९०१९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ८३२१ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १०६९८ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६२८१ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६३३ जना, ललितपुर जिल्लाका १०४ जना र भक्तपुर जिल्लाका ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८८५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५३८९८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हालसम्म नेपालका ५ जिल्ला कोरोनामुक्त भएका छन् । उक्त जिल्लामा भएका सबै कोरोना संक्रमितहरु निको भएको र हाल सक्रिय संक्रमित छैनन् । जसमा गण्डकी प्रदेशमा २ र कर्णाली प्रदेशमा ३ वटा जिल्ला रहेका छन् । मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ५ जिल्ला कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ७७ जिल्लामध्ये ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । मोरङ, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही जिल्ला गरी ७ जिल्लामा कोरोना भाइरसका ५०० भन्दा बढी बिरामी रहेका छन् ।

नेपालका आज असोज ११ गते ५ जिल्ला भए कोरोनामुक्त, ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित

यो पनि पढ्नुहोस्

आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु