११ कार्तिक २०७७, मंगलवार

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४७७ पुग्यो



मृत्यु

काठमाडौँ, असोज ११ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १० जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको पुष्टि भएको छ ।

कोरोना संक्रमित हुनेहरुको मृत्यु हुने प्रतिशत ०.६५ % रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट १ जना महिला र ९ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने महिलामा काठमाडौँकी १ जना रहेकी छिन् । कोरोना संक्रमणवाट मृत्यु हुने ९ जना पुरुषमा बाराका १ जना, ललितपुरका २ जना, काठमाडौँका २ जना, रुपन्देहीका १ जना, बर्दियाका २ जना र अछामका १ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने १ जना महिलामा काठमाडौँकी ५० वर्षीया रहेकी छिन् । यस्तै मृत्यु हुने ९ जना पुरुषहरुमा बाराका २० वर्षीय, ललितपुरका ४२ र ७७ वर्षीय २ जना, काठमाडौँका ६१ र ६२ वर्षीय २ जना, रुपन्देहीका ८२ वर्षीय, बर्दियाका ६३ र ५० वर्षीया २ जना र अछामका ३४ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४७७ पुग्यो

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, कार्तिक १० । बरिष्ट हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल फेसबुकमार्फत

चितवन, कार्तिक १० । चितवन जिल्लामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालमा

काठमाडौँ, कार्तिक १० । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ६७३ जनासहित ८९४ जनामा कोरोना भाइरस (कोभिड-१९)

काठमाडौँ, कार्तिक १० । नेपालमा पछिल्लो २४ घण्टामा ४००५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११५६७५