४ बैशाख २०८१, मंगलबार

नेपालमा कोरोना जित्नेको संख्या ५३ हजार नाघ्यो, थप ८८५ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ, असोज ११ । नेपालमा पछिल्लो २४ घण्टामा ८८५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५३८९८ पुगेको छ । नेपालमा कोरोना जितेर ७३.४ % डिस्चार्ज भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा आज ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ६३३ जना, ललितपुर जिल्लाका १०४ जना र भक्तपुर जिल्लाका ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

पालमा आज कोरोना संक्रमण नयाँ १५७३ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३३९४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ८८५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५३८९८ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या ५३ हजार नाघ्यो, थप ११४७ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !