१४ बैशाख २०८१, शुक्रबार

प्लाज्मा थेरापी गरिएकी महिला सङ्क्रमितको मृत्यु


मृत्यु-निधन

भरतपुर, १९ भदौ । चितवनमा कोभिड–१९ सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको आज अपराह्न १ः४४ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो ।

ती महिलाको बिहीबार राति मात्रै डा शीतल अधिकारी र डा लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको थियो । श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनी यही भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् । यससँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !