२२ बैशाख २०८१, शनिबार

कोरोना भाइरसमा मानिसको सोच्ने तरिका अपराध गरेको जस्तो देखिन्छ


कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

कोरोना भाइरस एक प्रकारको सरूवा रोग हो, यो रोग श्वास-प्रश्वाससंग सम्वन्धित छ । यो कुनै यौन रोग होइन हाम्रो समाजमा यसलाई हेर्ने तरिका धेरै फराकिलो बनेको देखिन थालेको छ । रूघा र कोरोनामा खासै भिन्नता छैन ।

नोबेल कोरोनाका कारण सक्रमित भएकाहरूमा नकरात्मक सन्देश गएको देखिन थालेको छ । यो रोग कुनै कसैले अपराध गरेझै पुलिस नै लगाएर लग्नु पर्दा मानिसमा मैले कुनै अपराध गरेकी भन्ने जस्ता सन्देश गएको देखिन थाल्नु आफैमा यो गलत हो ।

मर्न कसैलाई रहर छैन यसको सहि उपचार हुन नसके मानिस मर्न सक्छ भन्ने सन्देश जान सके सोच्ने तरिकामा परिवर्तन हुन सक्छ । पुलिस नै पठाउदा ठुलो मुद्दा हुने र व्यक्तिले कुनै अपराध गरेको जस्तो देखिने भएकाले कसैको इज्जतसंग खेलवाड नगरी यो रोग हो । यसको उपचार गरौं नगर्दा परिवार मात्र होइन सिङ्गो समाजलाई रोग सर्न सक्छ भन्ने सन्देश प्रवाह गर्न सके धेरै राम्रो हुने देखिन्छ ।

यस्ता रोग लागेका मान्छेले मलाई पनि कतै यो रोग लागेको पो छ की भन्ने भावनाको विकास गर्न सके र उसमा रोग चेक गराउनु पर्छ भन्ने भावनाको विकास गराउन सके ठूलो उपलब्धि हुनेछ । यस्ता रोगको नियन्त्रण गर्न प्रहरी नभई स्वास्थ्य स्वयम् सेवक परिचालन गराउन सके धेरै राम्रो हुने देखिन्छ ।

समय परिवर्तन भइसकेको अवस्थामा पनि हामीले राम्रो सन्देश समाजमा दिन सके ठूलो उपलब्धि हुने देखिन्छ । आज यसले उपचार गर्ने स्वास्थ्यकर्मी जसले आफ्नो स्वास्थ्यको प्रवाह नगरी उपचारमा खटेको हुन्छ, त्यस्ता व्यक्तिलाई समेत बदनाम गर्ने जस्ता काम गरेको छ ।

गणना गरौं तर व्यक्ति र स्वास्थ्यकर्मीको नाम भने गोप्यता भंग नहुने गरि काम गर्न सके मलाई लाग्छ यस्को समाधान चाँडो हुन सक्छ । मानिसले रोग दवाउने प्रयत्न गर्ने छैन । यदि कुनै व्यक्ति बाहिरबाट आएको छ भने उ स्वयम् चेक गराउन जान सक्छ । चेक गराउदा समाजमा बदनाम हुने डरले चिकित्सक मात्र होइन व्यक्ति समेत डराएको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको सल्लाहकार तथा स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !