१४ बैशाख २०८१, शुक्रबार

यी हुन् पाँचौ कोरोना संक्रमित बागलुङकी अंशु सापकोटा


अंशु सापकोटा

२१ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) वाट पाँचौ संक्रमित युवती बागलुङ जिल्ला कुँडुलेकी १९ वर्षीय युवती अंशु सापकोटा भएको खुलेको छ । आज एभिन्युज टेलिभिजनको प्रत्यक्ष प्रसारित कार्यक्रम ‘कोरोना कहर’मा भिडियो कल मार्फत कुरा गर्दै कोरोना संक्रमित सापकोटाले आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको बताएकी छिन् ।

साथै उनले एकान्तबासमा बस्दा समय बिताउन मोवाइलमा समाचारहरु र भिडियो हेर्ने गरेको र अस्पतालले पनि राम्रो हेरचार गरिरहेको पनि बताएकी छिन् । उनीसंगै चैत ४ गते अथवा मार्च १७ कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा कतार हुँदै नेपाल आएकी अर्की नेपालकी छैटौ कोरोना संक्रमित बागलुङकी ६५ वर्षीय वृद्धा महिला उनकी आन्टीकी आमा भएको जानकारी दिएकी छिन् ।

उनी चैत ४ गते अथवा मार्च १७ कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । उनी युवती बेल्जियमबाट दोहा ट्रान्जिट हुँदै नेपाल आएकी थिइन् । उनी कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा उत्रेकी थिईन ।

कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको कतार एयरलाइन्सको बिमान मार्च १७ वा चैत ४ गतेको बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो । उनलाई अहिले बागलुङको गल्कोटस्थित धौलागिरी अस्पतालको आइसोलेशनमा राखेर उच्च सतर्कताका साथ उपचार भई रहेको छ ।

यो पनि पढ्नुहोस्

को हुन् नेपालमा कोरोना भाइरसवाट पाँचौ संक्रमित युवती ?

नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या पुग्यो ५ जना

बागलुङकी एक ६५ वर्षीय संक्रमित वृद्धा महिलाको धौलागिरि अस्पतालमा उपचार हुँदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !