१० मंसिर २०८१, सोमबार

रुघाखोकी र यसको जडिबुटीहरुवाट उपचार


रुघाखोकी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रुघाखोकी र यसको जडिबुटीहरुवाट उपचार । नाक बन्द हुने, बारम्बार सिगान आउने, नाक-आँखा चिलाउने, हाँच्छ्यु आउने, खोकी लाग्ने, घाँटी खस-खस हुने, कान दुख्ने, टाउको दुख्ने, ज्वरो आउने,शरीर गल्ने आदि लक्षणहरु भएको खण्डमा सामान्य बोलीचालीको भाषामा रुघाखोकी भनिन्छ ।

यी लक्षणहरु धेरै कारणले हुन सक्छन जस्तै Common Cold (Virus), Flu (Virus) आदि भाइरसका कारणले पनि यस्तो समस्या निम्तने खतरा बढेको हुन्छ । कहिलेकाही (Allergic Rhinitis), Sinusitis (पिनास), Bronchitis, Rhinitis आदि कारणले पनि रूघाखोकी लाग्न सक्छ ।

Virus बाट हुने जतिपनि समस्या छन् यस्ता रोग प्राय: आफै निको हुने खालका हुन्छन् तर यसले गर्ने खराबीबारे हामी अनभिज्ञ छौं । यो कुराको पुष्टि नोबेल कोरोना भाइरसले गरेको देखिन्छ । रूघा लाग्दा हामीले प्राय लापरबाही बढी गर्ने भएकाले नै एकबाट अर्कोमा सर्ने गर्दछ ।

भाइरसका जीवाणु सफाइमा रहन सके एकबाट अर्कामा सर्ने चान्स कम हुन्थ्यो तर मानिसहरू शुरुदेखि नै लापरबाही गर्दै आएका हुनाले भाइरसलाई सानो सम्झनु मुर्खता‌ हो भन्ने कुरा नोबेल कोरोना भाइरसले देखाएको छ । कुनैपनि भाइरसको औषधि एलोपैथिकमा छैन ।

Flu चाही (Influenza Virus) को कारणले लाग्छ । यो Virus तीन प्रकारको पुष्टि भएको छ । जस्तै Swine Flu, Bird Flu र Novel Corona Virus आदि । यो रोगले सवैभन्दा बढी प्रभाव रोग प्रतिरक्षा प्रणाली कम हुनेहरु जस्तै बालबच्चा, बुढाबुढी र दिर्घ रोघीहरुको Flu ले ज्यानै पनि लिन सक्छ जस्तै आज कोरोना भाइरसले लिने गरेको छ ।

भाइरस चाहे कोरोना होस् या जुनसुकै भाइरस किन नहोस् यसको औषधि छैन । यस्ता भाइरसको उपचार भनेको सरसफाई प्रमुख हो । यस्ता रोग लागेमा साबुन पानीले हात धुने सेनिटाइजर प्रयोग गर्ने । रूघा लागेको मानिस भन्दा ३ मिटर पर बसे यो रोग सर्दैन । भाइरस जुनसुकै किन नहोस् बिग्रेमा मार्न सक्छ ।

भाइरसको औषधि एलोपैथिकमा छैन तर आयुर्वेद जडिबुटीमा छ । यो रोगमा यस्ता जडिबुटी बनाएर खान सके प्रतिरक्षा प्रणाली बढाउनुको साथै इन्फेक्सन हुनबाट समेत रोक्न राम्रो भूमिका खेलेको छ । Virus को औषधि यस्तो छ बनाएर खाएमा चाँडो निको बनाउदछ ।

जडिबुटीहरुवाट उपचार

१. असुरोको पात ल्याउनुहोस् र थोरै अदुवा राखेर पकाउनुहोस् । पानीको कलर चेन्ज भएपछि उतारेर सिसिमा राख्नुहोस् । यो औषधि २,३ चमचमा १ चमच मह राखेर दिनमा २,३ पटक ठिक नहुदासम्म खान दिनुहोस् ठिक हुन्छ ।

यो पनि पढ्नुहोस्

अदुवाका औषधि उपचारहरु

नेपालमा जडिबुटीको वर्तमान अवस्था

टाइफाइड रोग र यसको आयुर्वेदिक उपचार

जडिबुटीहरुबाट बिभिन्न रोगहरुको उपचार

नेपाली जडिबुटी पलाशका चमत्कारपूर्ण गुणहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !