
नवलपरासी । विविध आयुर्वेद जडिबुटीको साहेताबाट बनेको औषधि कैशोर गुगलले बाथ तथा युरिक एसिडबाट हुनसक्ने पिडालाई हटाउन मद्दत गर्दछ । यसबाट थुप्रै अन्य रोगमा समेत फाइदा हुन्छ ।
यसमा मिसाइएका प्रत्येक औषधिको बारेमा तल जानकारी पस्कने छौं । तपाईंलाई जोर्नी दुखेको छ । युरिक एसिड बढेको हुनसक्छ । यस्ता समस्या आजकाल हरेक घरमा देखिन्छ । यस्ता समस्या देखिएमा हजुरले कबिराज डाक्टरको निगरानीमा यो औषधि चलाएर फाइदा उठाउन सक्नुहुन्छ ।
कैशोर गुगुल बनाउदा गोखरू, अमला, हरितकी ,कालो मरिच, पिप्पली, वायो विडंग, त्रिकटु, त्रिफला आदि मिलाए र यो औषधि तयार गरेको हुन्छ । यसरी बनाएको औषधिले सवैरोगमा राम्रो फाइदा गरेको हुन्छ ।
गोखरू
१. यसले दुखाई तुरुन्त कम गराउन मद्दत गर्दछ । यसले चोटपटकलाई समेत ठिक गर्दछ । चोट लाग्दा सुनिएको भएपनि ठिक गराउन मद्दत गर्दछ ।
अमला
२. यसमा भिटामिन सी प्रशस्त पाइने हुनाले बाथको रोगमा महत्वपूर्ण काम गर्न मद्धत गर्दछ । जोर्नी दुख्ने विरामीलाई भिटामिन सी आवश्यक हुन्छ ।
हरीतकी (हर्रो)
३. यसले पनि दुखाई र सुनिएको घटाउन मदद गर्दछ ।
कालो मरिच
४. बेहोस नगरी दुखाई कम गर्न मद्धत गर्दछ । यसले सुनिएको पनि कम गर्दछ ।
पिप्पली
५. यो जडिबुटीले पनि चोटपटकबाट दुखेको सुनिएको ठिक गराउँदछ ।
विडंग
६. सुनिएको कम गर्न मद्धत गर्दछ ।
त्रिकटु
७. चोटपटकबाट सुनिएको भएमा यसले राम्रो फाइदा गर्दछ ।
त्रिफला
८. यसले रगत सफा गरेर भएको समस्या समाधान गर्न मद्धत गर्दछ ।
मात्रा : आवश्यकता अनुसार दिनमा दुईपटक २ गोलीको मात्रामा ठिक नहुँदासम्म खाने ।