७ पुस २०८१, आइतबार

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना


असुरो

कोरोना भाइरसको वास्तविक कारक कोब्रा सर्प क्रेएइटबाटै हुनसक्ने बताइएको छ । चिनियाँ सर्प क्रेएइटबाटै यो भाइरस फैलिएको अनुसन्धानले देखाएको छ । जुन कोब्रा प्रजातिको मानिन्छ र यस्ता सर्प अति विषालु तथा खतरनाक हुने गरेको मानिन्छ ।

धेरैजसो मध्य र दक्षिणी चीन तथा दक्षिण-पूर्वी एसियाली क्षेत्रमा यस्ता सर्प पाइन्छ । यस्ता सर्पको डिसबाट बनेका परिकारहरू चाइनामा बनाएर खाने गरेकाले यो भाइरस फैलिएको हुन सक्ने अनुमान लगाईएको छ ।

कोरोना भाइरस हावाबाट सर्ने रोग भनेको छ । यस्ता रोग पहिले जनवारमा विषेश गरेर स्तनधारी पसुको श्वास-प्रश्वासको माध्यमबाट एक अर्कामा सर्ने गर्दछ । यो रोग सर्दा पहिलो लक्षण रूघा फ्लूको रूपमा देखिन्छ ।

कोरोना भाइरसको सक्रमण हुनासाथ ज्वरो आउनु, खोकी लाग्नु,श्वास-प्रश्वास छिटो भन्दा छिटो चल्न थाल्नु, सास फेर्न गारो हुनु र निमोनिया जस्तो लक्षण देखिन थाल्दछ । कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन ।

यस्तो अवस्थामा हामीले नेपाली जडिबुटी असुरो (बसाका) प्रयोग गरेर फाइदा उठाउन सक्ने प्रशस्त सम्भावना छ । कोरोनाका रोगीलाई यसको सुप बनाएर खान दिएर यसको फाइदाबारे अध्ययन गर्न सकिने देखिन्छ । खेर गएको जडिबुटीबाट यो जस्ता श्वास-प्रश्वाससंग रिलेटेड अनेकौं रोगमा प्रयोग गरेर लाभ लिन सकिनेछ ।

यदि यो रोगमा फाइदा देखिएमा यसको औषधि निर्माण गरेर देश तथा विदेशमा पठाउन सक्ने प्रशस्त सम्भावना छ । यस्को सेवनले कुनै पनि प्रकारको हानी नगर्ने र यस्तो औषधिको सेवनले श्वास-प्रश्वास सम्बन्धित रोगमा धेरै नै फाइदा हुन सक्ने परम्परादेखि प्रयोगबाट देखिएको छ ।

यो पनि पढनुहोस्

कोरोना भाइरसको बारेमा रोचक जानकारी

यसरी गरौ नोवल कोरोना भाइरसको उपचार

कोरोना भाइरसको उपचारमा समेत उपयोगी हुन सक्ने असुरोको बारेमा रोचक जानकारी

कोरोना भाइरसको संक्रमणमा असुरो पछिको दोस्रो उपयोगी हुनसक्ने औषधि रुदिलो

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !