८ बैशाख २०८१, शनिबार

कोरोना भाइरसको उपचारमा समेत उपयोगी हुन सक्ने असुरोको बारेमा रोचक जानकारी


असुरोको पात

असुरोको पात फूल जरा सवै औषधिको रूपमा प्रयोग गर्न सकिने देखिन्छ । विशेष गरेर स्वास प्रस्वासमा यसको प्रयोग गर्नाले आश्चर्य रूपमा ठिक हुने भएकाले श्वास-प्रश्वास सम्बन्धी सम्पुर्ण रोगमा यसको प्रयोग गर्न सकेमा राम्रो हुनेछ ।

प्रकृतिको अनुपम उपहार असुरो प्रयोगबाट सरूवा रोग रूघा एक प्रकारको भाइरस जसको औषधि नै छैन तर यस्ता रोगमा पनि असुरोको सेवन गराउन सकिन्छ । यसको प्रयोगबाट अनौठो फाइदा लिन सकिने देखिन्छ । यस्ता बहुमुल्य औषधि माथि अनुसन्धान गर्न सके कोरोना भाइरसको उपचारमा समेत प्रयोग गरेर विश्व रेकड राख्न सकिने देखिएको छ ।

रुघा, खोकी, दम, हृदयरोग, नाक र मुखबाट रगत बगेमा, विकार रक्तको शुद्धीकरण, छातीको रोग, क्षयरोग, ब्रोङकाइटिस, जोर्नी दुखेमा वा सुन्निएमा, घाँटी दुखेमा, आँखा पोलेमा, जीउ र काँखी गन्हाएको अवस्थामा समेत यसको प्रयोग गर्न सकिन्छ ।

हेर्दा सामान्य देखिने जताततै पाइने जडिबुटी असुरो श्वास-प्रश्वास सम्बन्धि रोगमा बहुमुल्य औषधिको रूपमा लिन सकिने देखिएको छ । यसको पात, जरा र फूलमा पाइने पदार्थले श्वास-प्रश्वास प्रणालीका समस्यालाई सुधार गर्छ। असुरोले श्वासमार्गमा जमेर रहेको कफलाई सजिलै बाहिर निकाल्छ ।

असुराको पातलाई सुकाएर चिलिममा राखेर तमाखु जसरी खाने वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रस सँग खाँदा पुरानो खोकी र दम र अन्य श्वास-प्रश्वास सम्बन्धि धेरै रोग पनि निको हुन्छ ।

असुरो अन्य फाइदाहरु

१. असुरोको पातको ताजा रस महसँग मिसाएर चाट्नाले पुरानो खोकी तथा श्वास सम्बन्धी समस्यामा राम्रो फाइदा गर्दछ ।

२.१ चम्चा असुरोको पातको रसमा, १ चम्चा अदुवाको रस १ चम्चा मह मिसाएर खाँदा सबै खालका खोकी तथा रूघा, दमको समस्यामा आराम हुन्छ।

३. असुरो, बेसार, धनियाँ, पीपल र सुठोको काँडा (क्वाथ) मा १ ग्राम मरीचको धूलो हालेर दिनमा ३ पटक पिउँदा सबै खालका श्वास तथा दमका रोगीलाई राम्रो फाइदा गर्दछ ।

४. असुरोको पातको रस र अदुवाको रस मिसाएर पकाउने र सेलाएपछि थोरै मह मिसाएर दिनमा तीन पटक चाट्नाले रूघा खोकी र दम श्वाससम्बन्धी समस्यामा फाइदा हुन्छ ।

५. छायाँमा सुकाइएको असुरोको पातको चियामा ल्वाङ सुकमेल र मरिच राखेर खादा टाउको दुखाइ लगायत अन्य समस्यामा पनि लाभ मिल्छ ।

नोट : कुनै पनि बस्तुलाई अत्यधिक प्रयोग गर्छौं भने हानी हुनसक्छ । जडिबुटी सम्बन्धि अनुभवी व्यक्तिको रेख देखमा यसको प्रयोग गरेमा चमत्कारीक फाइदा उठाउन सकिनेछ ।

यो पनि पढनुहोस्

यसरी गरौ नोवल कोरोना भाइरसको उपचार

स्वास्थ्य रहन अपनाउनुपर्ने केहि उपायहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !