६ बैशाख २०८१, बिहिबार

नेपालमा पनि देखियो नोवल कोरोना भाइरस, यसरी गरौ यसको उपचार


नोवल कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हाल छिमेकी मुलक चाइनामा देखा परेको नोवल कोरोना भाइरस छिमेकी मुलुक हुदै नेपाल भित्रिएको भन्ने खबर प्राप्त भएको छ । चीनको बुहानबाट हालै देश फर्किएका एक नेपाली विद्यार्थीमा उक्त भाइरस देखिएको हो । प्रयोगशाला परीक्षण प्रतिवेदनमा उक्त भाइरस देखिएको भन्ने जनाएको छ ।

विशेषज्ञहरूले सुरुमा सामान्य संक्रमण देखिएपनि तीव्र गतिमा विकसित हुँदै जटिल अवस्थामा पुग्ने सम्भावना रहेको यो संक्रमणको तुरुन्त पहिचान गरेर छिट्टै र छुट्टै उपचार गर्नु अत्यावश्यक रहेको जनाएका छन् । यो भाइरसको संक्रमण हालसम्म चीन हुँदै नेपाल, दक्षिण कोरिया, जापान, थाइल्यान्ड, भियतनाम, सिंगापुर, संयुक्तराज्य अमेरिकासम्म देखा परेको खबर प्राप्त भएको छ ।

नोवल कोरोना भाइरसको वैज्ञानिक नाम ‘२०१९-एन सीओभी’ भएको जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का विज्ञहरूले यस भाइरसले हाल एक व्यक्तिबाट अर्को व्यक्तिमा समेत रोग सारिरहेको इमर्जेन्सी कमिटीको बैठकमा जनाएका छन् ।

यो नोवल कोरोना भाइरस सर्ने माध्यम

१. हाच्छिउँ गर्दा, खोक्दा मुखबाट निस्किने पानीको थोपाका माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा नोवल कोरोना भाइरस सरिरहेको समेत इमर्जेन्सी कमिटीका विज्ञहरूले औंल्याए छन् ।

यो भाइरस यस्ता उमेर समुहलाई बढी हुने गरेको छ

१. यो भाइरस पाको उमेर ४० बर्ष भन्दा माथिका व्यक्तिहरुलाई कडा रूपमा देखिएको छ भने यो रोगबाट प्रभावित दुई तिहाइ संक्रमित पुरुष छन् । डब्लूएचओको तथ्यांक अनुसार, कूल संक्रमितमध्ये ७२ प्रतिशत ४० वर्ष माथिका छन् भने अन्य संक्रमितहरूमा ६४ प्रतिशत पुरुष छन् ।

कोरोना भाइरसको उपचार

१. यदि सास फेर्न असजिलो, एक सय डिग्री फरेनहाइटभन्दा बढीको तीव्र ज्वरो, बान्ता, पखाला जस्ता समस्या ४८ घण्टा भन्दा बढी समय देखियो भने तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ । जटिल अवस्थामा शरीरका धेरैजसो अंगले काम गर्न छोड्ने अवस्था समेत आउन सक्ने भएकाले डाक्टरको परामर्शमा उपचार गराउनु पर्दछ ।

नोट : हातलाई साबुन-पानीले धुने खोक्दा नाक र मुख हात, टिस्यु पेपरले छोप्ने । चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बच्ने, मासु र अण्डालाई राम्रोसंग पकाएर खाने ।

यो पनि पढनुहोस्

थाइराइड के हो ? यो कसरी हुन्छ ?

रोग किन लाग्छ ? रोगको उपचार गर्दा ध्यान दिनुपर्ने कुराहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !