११ बैशाख २०८१, मंगलबार

कोरोना भाइरसको बारेमा रोचक जानकारी


कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

लांसेट मेडिकल जर्नलमा प्रकाशित भएका केही जानकारी अनुसार कोरोना भाइरसको सवैभन्दा पहिलो लक्षण फोक्सोमा देखिएको बताइएको छ । वुहानको जिन्यिन्तान हॉस्पिटलमा ९९ जना विरामीमा निमोनियाको लक्षण पाइएको थियो ।

यस्ता विरामीमा फोक्सोको समस्या सवैभन्दा बढी रहेको र सवैभन्दा ठूलो समस्या अक्सिजन पास हुने ब्लडमा पानी देखिएको थियो । कतिपय बिरामीको परिक्षणमा ज्वरो, खोकी, श्वास-प्रश्वासमा समस्या, शरीर दुख्ने, टाउको दुख्ने जस्ता समस्या देखिएका थिए ।

केहि विरामी भने कोरोना भाइरस भएका केही रोग नै नभई मरेका थिए । यस्ता अधिकांश विरामीहरू भने श्वास-प्रश्वासको समस्याबाट पिडित थिए । त्यस्ता अधिकांश विरामीहरूमा श्वास लिन गार्हो भएको देखिएको थियो हेर्दा सबैमा अक्सिजन कम पाइएको थियो ।

सवैभन्दा अर्को रोचक जानकारी कोरोना भाइरस महिला र पुरुष दुबैको तुलनामा महिलामा कम पाइएको भनेको छ । यसको ठोस कारण महिलाको एक्स क्रोमोजोम र सेक्स हर्मोनको कारणले गर्दा कम प्रभाव पारेको भेटिएको थियो ।

वैज्ञानिकहरूका अनुसार चीनको शहर वुहानको सुमुद्री जीव बेच्नेहरूको बजारबाट फैलिएको हुन सक्ने अनुमान लगाईएको छ । तेहा पिन्जडामा राखेका जनावरमा सांप, रैकुना जस्ता अनेकौं जीबजन्तु बेच्नको लागि राखिएका थिए । यस्ता जनावरलाई औषधि उत्पादन र खाद्य पदार्थको रूपमा समावेस गरिएको थियो ।

विश्व स्वास्थ्य संगठनको भनाइमा यो भाइरसको प्राथमिक स्रोत चमेरो बताईको छ । खासगरी यो भाइरस एकदेखि अर्को जीबको माध्यमबाट मानिसमा मासु सेवनको कारणले भएको अनुमान गरिएको छ । तर अहिलेसम्म कसरी मानिसमा सरेको हुन सक्ने कुरा पत्ता लाग्न भने सकेको छैन ।

अर्को रोचक जानकारी अनुसार चीनका रेस्टुरेन्टहरूमा बैट सूपको कटोरामा सिङ्गो चमेरो देख्न सकिन्छ । कुनै-कुनै रेस्टुरेन्टमा साप, भालु, बाघका हड्डीबाट बनाएका रक्सी डिस महंगो मुल्यमा पाइने गरेको भनिएको छ ।

चाहे जेहोस् यो रोग पशुको मासुबाट नै फैलिएको हुन सक्ने अनुमान गरिएको छ । पशुको मासुको सेवन अत्यधिक सेवन गर्नेहरू नै यो रोगको चपेटामा परेको केहिको अनुमान छ । हाम्रो मुलुकमा पनि जनुवारको मासु बढी प्रयोग हुने गरेको पाइन्छ । शाकाहारी भन्दा मासाहारी बढी रोगी भएको देखिएको छ ।

यो पनि पढनुहोस्

यसरी गरौ नोवल कोरोना भाइरसको उपचार

कोरोना भाइरसको उपचारमा समेत उपयोगी हुन सक्ने असुरोको बारेमा रोचक जानकारी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !