१५ बैशाख २०८१, शनिबार

आयुर्वेद नेपालकाे माैलिक चिकित्सा प्रणाली हो : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, भदौ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेद नेपालकाे माैलिक चिकित्सा प्रणाली रहेकाे र निराेगी नेपाल निर्माण अभियानमा यसकाे असाधारण भूमिका हुने स्पष्ट पारेका छन् । काेभिड-१९ काे उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेद क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल र परामर्श गर्दै उनले आयुर्वेदभित्रै याेगा पनि पर्ने बताए । उनले भने, ‘आयुर्वेद खासमा औषधि र आराेग्य विज्ञान दुबै हाे ।’

उनले मेशीनहरू एलाेपेथिक नभएकाे प्रष्ट पार्दै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्याेगिकरणकाे प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जाेड दिए । आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले याेगमाया विश्वविद्यालय स्थापना गरेकाे र यसमार्फत भविष्यमा सिंगाे विश्वकाे ध्यानाकर्षण गरी आयुर्वेद र याेगाकाे विकास गर्ने लक्ष राखिएकाे उल्लेख गरे ।

निराेगी नेपाल निर्माणमा आयुर्वेदकाे भूमिका व्यापक बढाउन सरकार दृढ रहेकाे धारणाका साथ प्रधानमन्त्रीले पटकपटक स्मरण गरे- हाम्रा पूर्वजहरूले औषधिमय खानपानकाे प्रबन्ध मिलाएका, ताजा खानेकुरा खाने परम्परा बसाएका र लामाे अनुुभव र प्रयाेगबाट औषधिमय तत्वकाे पहिचान र प्रयाेग गरेका बताए ।

काेभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयाेगात्मक मात्रै नबबनाउन र यसकाे प्रयाेगलाई बढाउन समेत सबैकाे ध्यानाकर्षण गराए । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” का साथ विज्ञहरूसँग ३ घण्टा सुझाव लिएका प्रधानमन्त्रीले आयुर्वेद उपचारमा हाल गरिरहेका कामहरू र उपयाेगी घरेलु विधिहरूकाे सम्मान गर्न तथा संचार माध्यमबाट त्यसकाे व्यापक प्रचार-प्रसार गर्न पनि जाेड दिए ।

उक्त अवसरमा आयुर्वेद विभागका महानिर्दैशक वासुदेव उपाध्याय, डा.ऋषिराम काेइराला, डा. प्रदीप केसी, विनाेद पाैडेल, डा. रामआधार यादव, डा. सन्ताेष ठाकुर, प्रा.डा . डीबी राेका, डा. शिवमंगल प्रसाद, डा. प्रकाश ज्ञवाली र डा.धनिकलाल भर्खर लगायतले आ-आफ्ना धारणा राख्दै प्रधानमन्त्रीकाे तहबाट आयुर्वेद क्षेत्रलाई महत्व दिएर पहिलाेपटक परामर्श गरिएकाेमा विशेष आभार र धन्यवाद ज्ञापन गरिएको थियाे ।

पार्टीका अर्का अध्यक्ष प्रचण्डले यस कार्यक्रममा प्रधानमन्त्रीले सहभागी गराएकाेमा धन्यवाद ज्ञापन गर्दै दुबै अध्यक्षलाई गंभीर ढंगले घच्घच्याउने काम गरेकाे अनुभूति राखे ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड आयुर्वेद क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल र परामर्श

यो पनि पढ्नुहोस्

एसिड प्रहार गर्नेलाई कडा कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !