७ मंसिर २०८१, शुक्रबार

रोग लागेर भन्दा सहि उपचारको अभावमा मर्न सक्छ मानिस


रोग
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नोबेल कोरोना भाइरस (कोभिड-१९) भनेको एक प्रकारको क्रोनिक पुरानो निमोनिया, श्वास-प्रश्वाससंग सम्वन्धित रोग लागेकाहरूलाई लाग्ने रोग हो यस्ता रोग लागेका जो कोहीले आफ्नो राम्रो हेरचाह र उपचार गर्न सके यो रोग निको हुन्छ । सामान्य रूघा लाग्नासाथ कोरोना लागेको हुन सक्छ भन्ने भ्रममा नपरौं ।

रोग लाग्छ रोगको उपचार सहि भएमा यो रोग निको हुन्छ । लक्षण देखिना साथ डाक्टरको परामर्शमा उपचार गराउन नभुलौं । रूघाखोकी लागेको छ भने औषधि सेवन गर्दा निको हुन सकेको छैन भने आजै घरेलु औषधि प्रयोग गरेर स्वास्थ्य लाभ लिन सक्नेछौं ।

घट्ना केहि महिना अघिको हो उमेर ६५ बर्ष रोग सुगर र दमको रोग रहेछ उसलाई १०३ ज्वरो आएछ । विरामी मेडिकल कलेज उपचार गराउन जाँदा पारासिटामोल मात्र दिइएको रहेछ । यो चरम लापरबाही हो यसरी नै मानीस नोबेल कोरोनाबाट नभई सटिक उपचार नपाएर मर्छन् भन्ने अन्दाज लगाउन सकिन्छ ।

शरिरमा रोग लाग्छ, रोगको उपचार गर्नुपूर्व हामीले हमेसा शरीर कमजोर हुनबाट आफूलाई बचाउन र लापरबाहीबाट जोगान सकिन्छ भने सामान्य उपचारले पनि रोग निको हुन सक्छ । जथाभावी बजारमा बनाएका माखा भन्नकेका खाना खान्छौं भने रोग नलाग्ला भन्न सकिँदैन ।

आउनुहोस् आज हामीले यस्ता केहि रोगको उपचार बारे प्रकाश पार्नेछौं । यस्ता औषधिमा कुनै पनि साइड इफेक्ट नहुने र जडिबुटीले चाडो निको हुदैन भन्ने भ्रमलाई यो लेखबाट हामीले प्रकाश पार्ने जमर्को गर्नेछौं । नेपालीलाई कोरोना लाग्ने सम्भावना र मृत्यु हुने सम्भावना कम छ । यसको ठोस कारण हो भान्सामा हुने औषधि ।

सवैभन्दा पहिले बुझ्नुपर्ने कुरा के छ भने कुनैपनि भाइरसको औषधि एलोपैथिकमा छैन नत उत्पादन नै गर्न सक्ने अवस्था छ । यस्तो अवस्थामा हचुवाको भरमा औषधि चलाउदातिर सहि ठाउमा लाग्न पनि सक्छ नलाग्न पनि सक्छ । आज देश विदेशमा नोबेल कोरोनाबाट मर्नुको कारण रोग नभई औषधि हो भन्दा खासै फरक छैन ।

मानीसको शरीरमा लाग्ने रोग र उसको शरीरमा भएको एम्युनो सिस्टममा भर पर्छ । कमजोर शरिलाई लाग्ने रोगको असर बढि हुने स्वाभाविक हो । उपचार रोगकोमात्र होइन उसको शरीरमा रोगसंग लड्न सक्ने इम्युनो सिस्मलाई मजबुत बनाउदै लाग्नु पर्दछ ।

हाम्रो भुमिमा यस्ता अनगिन्ती औषधि छन् जसलाई प्रयोग गर्न र यस्ता औषधि निर्माण गरेर स्वास्थ्य लाभ लिन र दिन सक्नेछौं । आयु र आयुलाई बलियो बनाउन सक्ने औषधि जस्लाई हामी आँखा चिम्म गरेर चलाउन सक्नेछौं । आउनुहोस् आजको लेखमा मैले बेसार र असुरोको बारेमा प्रकाश पार्नेछु । यसको प्रयोग गर्नुपूर्व यसको फाइदा के के छन् भन्ने जानकारी प्राप्त गरौं ।

हलेदो

बेसारलाई कसैले हलेदो त कसैले हल्दी भन्छन् । आयुर्वेदिक औषधि विज्ञानमा यसलाई Curcuma Longa भनेर चिनिन्छ । रुघा लागेमा, सर्दि भएमा ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।

औषधि खाने तरिका

१. कफ जमेर दम हुनेमा आधा चम्चा बेसार दिनको ३ पटक मनतातो पानीसँग खाएमा कफ जमेर हुने कफ ठिक हुन्छ ।

असुरो

रुघा, खोकी, दम, ज्वरो, हृदयरोग, नाक र मुखबाट रगत आउने, रक्त बिकार, पेटमा जुका परेमा, छातीको रोग, क्षयरोग, ब्रोङकाइटिस, जोर्नी दुखेमा र सुन्निएमा, घाँटी दुखेमा, आँखा पोलेमा, जीउ र काँखी गन्हाएमा यसको पातबाट काढा पकाएर सेवन गरिन्छ । पात र जरा विशेष गरेर खोकी थाम्ने औषधीहरूमा प्रयोग गरिन्छ । आयुर्वेदिक प्रणाली अनुसार यो विरुवा घाँटी दुख्ने, महारोग, हृदयरोग, दम, ज्वरो पाण्डुरोग, कमलपित्त इत्यादिमा प्रयोग गरिन्छ ।

औषधि खाने र बनाउने तरिका

२. काढा बनाउदा पातमा थोरै अदुवा राखेर पकाउने र पकाएको काढा २,३ चमचमा एक चमच मह राखेर खान दिनुपर्छ ।

यो पनि पढ्नुहोस्

रोग लागोस् नलागोस्, मनको बाघले खायो

मानिसलाई रोग लाग्नुका प्रमुख कारणहरू

रोग किन लाग्छ ? यस्ता छन् रोग लाग्नुको कारणहरु

रोग किन लाग्छ ? रोगको उपचार गर्दा ध्यान दिनुपर्ने कुराहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !