१२ बैशाख २०८१, बुधबार

रोग लागोस् नलागोस्, मनको बाघले खायो


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रोग लागोस् नलागोस्, मनको बाघले खायो । जहाँसम्म मलाई लाग्छ यो रोग ठूलो थिएन तर उपचार गर्ने प्रणाली कमजोर थियो भन्ने वर्तमान अवस्थाले देखाएको छ । हामीले मानिसलाई धेरै तर्सायौं, यसले गर्दा उनीहरूको मनोबल कमजोर हुनाले रोग नलाग्दै हार्ट अटेक भयो ।

रोगसंग लड्ने क्षमता भनेको मनोबल बलियो हुनुपर्छ र मात्र रोग लाग्दैन आज कतिपय विरामी ज्वरो देख्नासाथ अत्तालिने गरेको हामीले देखेका छौं । यस्तो क्रियाकलापले भ्रष्टाचार गर्न त सगाउला तर रोग नलागि मानिस त्यसै मर्न भने सक्छ ।

सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी ढुक्क हुनुहोस् । यो रोग कमजोर मन भएकालाई हुने कुरा जानकारीमा आएको छ । राती बत्ती नबालौं बत्तीको सट्टामा ममबत्ती र अगरबत्ती बालौं यसले हामीलाई रोग लाग्नबाट अवश्य छेक्नेछ ।

हामीले सफाईमा रहनाले रोग नसर्ने प्रष्ट भइसकेको छ । हजुरलाई ज्वरो आएको छ, खोकी लागेको छ, दम बढेको छ, सास लिन कठिन भएको छ, यो रोगको उपचार तुरुन्त गर्नुहोस्, नगरे इन्फेक्सन हुन सक्छ । उपचार गर्न नमान्ने चाहे मनै किन नहोउ नेपाल प्रहरीमा जाहेरी दिनुहोस् । मानिस रोग लागेर मर्दैन तर उपचार नगरे इन्फेक्सन भएर मर्न सक्छ ।

यो पनि पढनुहोस्

मानिसलाई रोग लाग्ने कारणहरु

जीवनभर निरोगी रहन यसो गर्नुहोस्

रोग लाग्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो

रोग प्रतिरोधात्मक क्षमता बढाउने सरल तरिकाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !