१४ बैशाख २०८१, शुक्रबार

रोग किन लाग्छ ? रोगको उपचार गर्दा ध्यान दिनुपर्ने कुराहरु


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रोग लाग्नुका थुप्रै कारणहरू मध्ये जेनेटिक (वंशाणुगत समस्या सम्बन्धी ) लाई पनि प्रमुख मानिएको छ । जेनेटिकबाट हुने जति पनि रोगहरू औषधि सेवनबाट निको हुदैन भन्ने होइन । हामीले आफ्नो स्वास्थ्य ल्यावको माध्यमबाट वंशाणुगत रोगका कारण हुने समस्या मात्र नभई चिकित्सकले पत्ता लगाउन नसकेको रोग पत्ता लगाउन समेत मद्दत पुग्ने देखिएको छ ।

हामी दिनदिनै रोगी हुँदैछौं । रोगी कसको कारणले हुँदैछौ ? जवाफ हो, आफ्नै कारणले । खासगरी हाम्रो त्यस्ता आनी-बानी, जसले हामीलाई रोगी बनाउँछ । सामान्य रुपमा भन्ने हो भने हाम्रो दैनिक खानपान तथा जीवनशैलीको कारणले नै हामी रोगबाट संक्रमित हुन्छौँ । यहाँ रोग त लाग्यो उपचार राम्रो भएन भने पनि समस्या बल्झिरहने हुन्छ ।

आज हामीले रोगको उपचार गर्नुपूर्व सम्पूर्ण हिस्ट्रि बुझेर मात्र उपचार गर्ने तरिका डेब्लब गर्न सकेको खण्डमा रोगको उपचार गर्न सहज हुने मेरो दावी छ । अहिले उपचारको क्रममा ठिक नभएका कतिपय रोगको हिष्ट्रि बुझ्दा अधिकांश रोग जेनेटिक देखिएको छ । डाक्टरको भनाई विरामीले नमान्दा रोगको पहिचान नहुनाले समएमा रोग निको नभएका थुप्रै समस्या देखिएको छ।

रोग लाग्नुको कारणबारे बिरामीले आफ्नो समस्या भन्न नपाउदा या चिकित्सकले राम्रोसंग नसुनिदिदा पनि कतिपय रोग निको नहुने देखिएको छ । बाबुलाई टिबि भएको छ तर छोरालाई टिबि नहोला भन्न सकिदैन खोकी लागेको छ, छाती दुखेको छ भनेर चिकित्सक कहाँ विरामी आउदा सम्पूर्ण हिष्ट्रि लिएर मात्र उपचार गराउदा रोग निको बनाउन धेरै सहयोग हुने देखिन्छ ।

विगत लामो समय स्वास्थ्य क्षेत्रमा त्यसमाथि गाउँमा बस्दाको अनुभव अनुसार हामीले थुप्रै रोगहरू निको बनाउन सफल भएका थियौँ अहिले समय परिवर्तन भयो चिकित्सा क्षेत्रमा थुप्रै परिवर्तन भए गाउँ गाउँमा हस्पिटल स्वास्थ्य केन्द्र स्थापना भए रोग दिन प्रतिदिन आय दिन नयाँ रोग शुरु भएको देखिन थाले यसको ठोस कारण हो अनावश्यक औषधिको प्रयोगलाई लिन सकिन्छ ।

कतिपय रोगको पहिचान नगरी जस्तो पायो त्यस्तै औषधि सेवन गराउदा नयाँ रोगहरू उत्पन्न भएका छन् । रोगको उपचार सहि हुनका लागि औषधिको गुणस्तर नाप्ने निकाय नेपालमा देखिएको छैन । विदेशीले पठाएको औषधि मेटिरियल दुरूष्ट छ वा छैन विदेशीले पठाएको ल्याबको रिपोर्टको भरमा औषधि उत्पादन गरेका र नयाँ नयाँ औषधिको भरमा उपचार गर्ने तरिकाले गर्दा मानीस जोखिममा परेको वर्तमान अवस्थाले देखाएको छ ।

नोट : रोगी डाक्टर कहाँ आउदा आफुले प्रयोग गरेका सवै औषधि लगायत रिपोर्ट लिएर आउने कुनै पनि रोगको उपचार डाक्टरको परामर्शमा गराउने गर्नु भएमा ठिक हुनेछ । डाक्टरले भनेको नियमलाई अक्षरस पालना गरेमा धेरै राम्रो हुनेछ ।

यो पनि पढनुहोस्

स्वास्थ्यको लागि पर्ण बीजका फाइदाहरु

ल्यूकोरिया भनेको के हो र यसको रोकथाम कसरी गर्ने ?

स्वास्थ्यको लागि मुङको दाल खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !