१४ बैशाख २०८१, शुक्रबार

मानिसलाई रोग लाग्नुका प्रमुख कारणहरू


रोग
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानिसलाई रोग लाग्नुका प्रमुख कारणहरू । कुनै पनि रोग लाग्नुको पछि शुरूदेखि नै मानिस रोगी भएको हुनुपर्छ । नेपालको सन्दर्भमा भन्नुपर्दा नेपाली त्यती रोग लागेर आक्रान्त भएका छैनन् जति हामी सोची रहेका छौं । कुनै पनि रोग लाग्नुको पछाडि प्रमुख कारण भनेको अस्वस्थकर खानपिन प्रमुख भएको हुन्छ ।

मानिसको अत्यन्त विकसित संक्रमण प्रतिरोधी प्रणालीले ब्याक्टेरियालाई निकै क्षति पुर्‍याउँछ । ब्याक्टेरिया मार्न कै लागि बनाइएका एन्टिबायोटिकको आक्रमण त अलग्गै छ । अर्थात्, प्रकृतिले भाइरस र ब्याक्टेरियादेखि मानिससम्म सबै जीवित एकाइहरूलाई सबलता र दुर्बलता दुवै दिएर पठाएको छ ।

अति सक्षम प्रतिरोधी प्रणाली भएपनि मानिसमा बेलाबेला ब्याक्टेरिया, भाइरस, फंगस, आदिको संक्रमण हुन्छ । तीमध्ये उल्लेख्य संक्रमणहरू प्राणघातक नै हुन्छन् । अर्कोतिर विभिन्न प्रतिकूल अवस्थामा न्यूनतम वा शून्य आवश्यकतासहित बाँच्ने क्षमता भएका कीटाणु पनि नाशरहित हुँदैनन् ।

त्यसैले विज्ञानले हामीलाई सिकाउने पाठ के हो भने, रोगजन्य किटाणु र मानिसले जति दुरी राख्न सक्यो, दुवैको उत्तिकै हित हुन्छ । यसबीच मानिस जातिले भ्याक्सिनको आविष्कार र प्रयोगबाट बिफर जस्ता प्राणघातक रोग उन्मूलन गरेको छ र अरू धेरै संक्रामक रोग अब प्राणघातक हुन छाडेका छन् । तर संक्रमणजन्य रोगसित सम्बन्धित दुई भयावह जनस्वास्थ्य समस्या अहिले हाम्रा सामू खडा छन् ।

समय परिवर्तन भएको यस घडिमा अब हामीले ब्याक्टेरिया होस् या भाइरस किन नहोस् यसबाट बिजय पाउने निश्चित छ । जहाँ लापरबाही हुन्छ त्यहाँ रोगले पनि आक्रामक ढंगबाट प्रस्तुत भएको हुन्छ । कमजोर शरीरमा रोगको आक्रमण बढी हुने गरेको पाइन्छ ।

रोग सर्नुको पछाडि कमजोर शरीर प्रमुख रहेको हुन्छ । जसले बढि भन्दा बढी जनावरको मासु खाने गर्छ त्यस्ता मानिसलाई बढी रोग लाग्ने गरेको हुन्छ । शाकाहारीको तुलनामा मासाहारी बढी रोग लागेको देखिएको छ । जीव र आत्मा मिलेर यो शरीर बनेको छ ।

हामीले पशुको मासु खाने बेला सोचेका हुदैनौं कि उसलाई पनि रोग लाग्ने गरेको हुन्छ । जब हामीले रोगी मासुको सेवन बढी गर्छौं त्यसले फाइदा होइन नोक्सान गरेको हुन्छ । अत्यधिक मात्रामा एण्टिबायोटिक प्रयोग हुने व्वइलरको मासु हामीले खान्छौं भने यसले फाइदा होइन बेफाईद गर्ने गरेको हुन्छ ।

एलोपैथिकका एण्टिवायोटिक औषधिले भाइरसलाई छुदैनन् यदि हामीले त्यस्ता रोगमा आयुर्वेदिक एण्टिबायोटिक प्रयोग गर्न सक्छौं भने यस्ता रोगबाट बिजय पाउने कुरामा दुईमत छैन । हामीले हाम्रो भन्सामा बेसार, काजु, बदाम, पिस्ता, छोडा लहसुन, प्याज भाइरससंग लड्न सक्ने वस्तुको सेवन प्रशस्त प्रयोग गरेको हुनुपर्छ । सागसब्जी अनिवार्य खाएको हुनुपर्छ ।

नेपाली भू-भागमा प्रशस्त यस्ता जडिबुटी छन् जसको प्रयोगले ठूला-ठूला रोग निको पार्न सक्ने देखिएको छ । हामी मासाहारी होइन शाकाहारी हुन आवश्यक छ । कमजोर शरीर रोगको घर छैन अब रोगको भर शरीर बलियो छ, निरोगी छ भने नोबेल कोरोनाले पनि केही गर्न सक्ने छैन ।

यो पनि पढनुहोस्

रोग किन लाग्छ ? यस्ता छन् रोग लाग्नुको कारणहरु

रोग प्रकृतिको वरदान होइन, यो त मानिसबाट आएको हो

रोग किन लाग्छ ? रोगको उपचार गर्दा ध्यान दिनुपर्ने कुराहरु

रोग लाग्नुको कारण र बच्ने उपायहरु बारेमा सरकारले बुझ्नुपर्ने कुराहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !