२० बैशाख २०८१, बिहिबार

भ्यान्टा तरकारी मात्रै होइन औषधि पनि हो


भ्यान्टा

भ्यान्टालाई हिन्दीमा बैगन पनि भनिन्छ भने अंग्रेजीमा (Brinjal) भन्दछन् । भ्यान्टा खानु हुँदैन यसले असर गर्न सक्छ भन्ने गलत प्रचारका कारण हामीले भ्यान्टालाई खान छोडेका छौं यो गलत हो । कतिपयलाई एलर्जी हुन सक्छ । शरीर चिलाउने समस्या हुनेले भ्यान्टा नखानुहोस् । स्वास्थ्यका लागि भ्यान्टा धेरै महत्वपूर्ण देखिएको छ । भ्यान्टाको उपयोग जानेर फाइदा उठाउनु हुनेछ ।

नेपाली भू-भागमा सवैभन्दा बढी फलाउने तरकारीमध्ये भ्यान्टा पनि एक हो । स्वास्थ्यमा यसले के कस्तो फाइदा हुन सक्छ भन्ने जानकारी प्राप्त गर्न सके नेपालमा यसको उत्पादनसंगै भ्यान्टा खानेको संख्या निश्चित बढ्नेछ ।

आजको लेखमा भ्यान्टाबाट गरिने उपचारबारे प्रकाश पार्ने जमर्को गर्नेछौं । आउनुहोस् केहि जानौं केहि सिकौं केहि सेयर गरेर सक्दो सहयोग पुर्याऔ भन्ने हाम्रो आग्रह छ । हाम्रो उद्धेश्य भनेको नेपाली सारा निरोगी बनुन् भन्ने हो । मानिस रोगी हुनुमा खानपानको ठूलो हात छ । प्रकृतिको देनलाई हामीले भुल्नुहुदैन ।

यस्ता छन् भ्यान्टाका ६ फाइदाहरु

१. कोलेस्ट्रोल कन्ट्रोल गराउनमा भ्यान्टा राम्रो गुण छ । नियमित भ्यान्टा खानेहरूलाई कोलेस्ट्रोल बढ्नबाट रोक्ने काम गर्दछ । भ्यान्टामा पोषकतत्व हुने भएकाले यस्तो तत्व अन्य सब्जीमा नपाइने देखिन्छ । नियमित भ्यान्टाको तरकारी खाने गरौं भन्ने हाम्रो राय छ ।

२. भ्यान्टामा पोटेशियम र मैगनीशियम अत्यधिक पाइने हुनाले कोलेस्ट्रोल बढ्नबाट रोक्ने काम भ्यान्टाले गर्दछ ।

३. भ्यान्टामा भिटामिन सी प्रशस्त पाइने भएकाले रोग प्रतिरोधक क्षमता यसमा विद्यमान छ । नियमित भ्यान्टा खानेहरूमा कुनैपनि बाध्य सक्रमणबाट समेत यसले रोक्दछ ।

४. सुन्दा अचम्म लाग्न सक्छ । दाँत दूख्दा समेत यसको रस दाँतमा राख्दा दाँत दुख्नबाट राहत दिने कुरा आयुर्वेदमा उल्लेख गरेको छ । अर्को रोचक जानकारी यसको जराको सेवनले स्वास प्रश्वास सम्वन्धित रोग समेत निको गराउदछ । यस बारेमा पछि प्रकाश पार्नेछु ।

५. भ्यान्टा फाइबर प्रशस्त हुने हुनाले र भेण्टा चाडो नपच्ने हुनाले खाना कम रूच्ने हुन्छ । यसरी मोटोपनबाट पनि विस्तारै आफुलाई बचाउन सकिनेछ ।

६. असमयमा हुने गर्भपतनलाई रोक्न समेत उपयोग छ।आइत मंगलबार यस्को जरा ल्याएर धुप दिप दिएर कम्मरमा बाध्नाले राम्रो फाइदा गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

यो पनि पढनुहोस्

यस्ता छन् स्वास्थ्यको लागि आँप खानुका फाइदाहरु, जानी राखौ

काजु खानाले स्वास्थ्यमा हुन्छन् यस्ता फाइदाहरु

यस्ता छन् ड्रेगन फ्रुट खानुका फाइदाहरु, जानी राखौं

यस्ता छन् स्वास्थ्यको लागि मोही पिउनुका फाइदाहरु

यस्ता छन् ओखर खाँदा हुने फाइदाहरु, जानी राखौं

यस्ता छन् मानव स्वास्थ्यको लागि काफल खानुका फाइदाहरु

यस्ता छन् स्वास्थ्यका लागि बेसार खानुका फाइदाहरु

स्वास्थ्यको लागि मेथीको पाउडर खानुका फाइदाहरु

१० एमएम सम्मको पत्थरी फाल्न सक्छ गहतको दालले


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !