११ बैशाख २०८१, मंगलबार

यस्ता छन् स्वास्थ्यका लागि बेसार खानुका फाइदाहरु


बेसार

हलेदोलाई सब्जी रंगाउन परम्परादेखि हाम्रो भान्सामा प्रयोग भएको कुरा भनी रहनुपर्ला जस्तो लाग्दैन । यसको बारेमा आज अधिकांशलाई औषधिको रूपमा प्रयोग हुने कुरा कम जानकारी हुनाले यसको प्रयोग सब्जीमा मात्र हुदै आएको छ ।

आजको लेखमा मैले हलेदोको उपयोगिताको बारेमा लेख पस्कन लागेको छु । विविध रोगमा यसको प्रयोग हुदै आएको छ । यसलाई अन्य थुप्रै प्रयोग गरेर लाभ उठाउन सकिन्छ । यो भन्दा पहिले बेसारको इतिहास बुझ्न आवश्यक छ ।

बेसारमा भएको ‘कुरकुमिन’ नामक जैविक रसायनका कारणले नै बेसार पहेँलो देखिएको हो । यस रसायनमा विभिन्न औषधिय तत्त्वहरू पाइन्छ । पौष्टिक तत्वहरूको रूपमा यसमा भिटामिन ‘ए’ १७५ प्रति सय ग्राममा, केही मात्रामा भिटामिन ‘बि’, ‘बि-२’, ‘सि’ र खाद्य ऊर्जा -क्यालोरी) ३९० क्यालोरी प्रति एक सय ग्राम हलेदोमा पाइन्छ ।

खनिजमा क्याल्सियम, फस्फोरस, फलाम आदि प्रचुर मात्रामा हलेदोमा पाइन्छ । मसलाको समूहमध्ये अग्रपङ्क्तिमा आउने बेसार, लसुन र प्याजका अतिरिक्त हाम्रो भान्छामा सधैं भइरहने उपयोगी मसलाहो । बेसारले हाम्रो भोजनलाई आकर्षक त अवश्य बनाउँछ तर यसको अलावा केही विशेष तत्वहरू पनि यस्ले प्रदान गर्छ ।

बेसारमा कीटाणुहरूलाई मार्ने शक्ति हुन्छ भन्ने तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानहरूले सिद्ध गरिसकेका छन् । सुपरिचित मसला बाली बेसारको बहुउपयोगी गानो जमीनमुनि हुन्छ । नेपालमा यसको खेती प्राचीन कालदेखि नै भएको पाइन्छ । आजकल बेसारलाई चिकित्सा विज्ञानले भिटामिन तथा खनिज लवणहरूको उत्तम स्रोतको रूपमा लिने गरेको पाइन्छ ।

आचार्य चरकले बेसारलाई कुष्ठ र लुतो हटाउने, विष नष्ट गर्ने गुणयुक्त मानेका छन् । यस्तै आचार्य सुश्रुतले श्वास रोग, खोकी, रक्तपित्त, आँखा रोग, कुष्ठ र प्रमेहलगायत निर्मूल गर्न यसलाई प्रभावकारी मानेका छ । चिनियाँ चिकित्सा पद्धतिमा बेसारलाई पर्याप्त मात्रामा प्रयोग गर्ने गरिन्छ ।

क्यानाडाको टोरन्टो जनरल अस्पतालका अनुसन्धानकर्ताहरूले जनरल अफ क्लिनिकल इन्भेस्टिगेसनमा प्रकाशन गरेको प्रतिवेदन अनुसार बेसारले हार्ट फेल हुनबाट बचाउँछ, क्षतिग्रस्त मुटुलाई थप नोक्सान हुनबाट रोक्छ भनेका छन् ।

क्यानाडाको टोरन्टो जनरल अस्पतालका अनुसन्धानकर्ताहरूले जनरल अफ क्लिनिकल इन्भेस्टिगेसनमा प्रकाशन गरेको प्रतिवेदन अनुसार बेसारले हार्ट फेल हुनबाट बचाउँछ, क्षतिग्रस्त मुटुलाई थप नोक्सान हुनबाट रोक्छ भनेका छन् ।

बेसारको औषधीय गुणलाई बुझेर नै सौन्दर्य प्रसोधनमा र औषधिको रूपमा पनि यसको प्रयोग प्रशस्त मात्रामा भएको पाइन्छ । बेसारलाई हलेदो पनि भनिन्छ । बेसार मसलाको रूपमा प्रयोग हुने वस्तु हो ।

यसको जरा खासगरी परिकारको रंग बदल्नको लागि प्रयोग गरिन्छ । हलेदोलाई नेपाली भाषामा बेसार पनि भन्ने चलन छ । आउनुस अब कुन-कुन रोग र समस्यामा हलेदो प्रयोग गर्न सकिन्छ जानौं ।

औषधीको रुपमा हलेदोको प्रयोग गर्नुका फाइदाहरु

१. हलेदोको लेदो बनाएर फेसमा प्रयोग गर्नाले फेसमा भएका डण्डिफोर, कालो पोतो हटाउन राम्रो मद्दत गर्दछ ।

२. हलेदोमा एन्टी-ब्याक्टेरियल गुण भएकाले फंगस रोगमा समेत बेसारले राम्रो फाइदा गर्दछ । दाद खाज खुजली नष्ट गर्दछ ।

३. धेरै पटक पिसाब गरिरहनुपर्ने, पानीको प्यास बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा पनि बिहान बेलुका १/१ चम्चा शुद्ध राम्रो बेसारको धूलो पानीसँग खान दिनाले फाइदा गर्दछ ।

४. हलेदो विरेनुन या सिधेनुन खरानी मिलाएर सेवन गराउनाले सुल पेट दुख्ने समस्या हल हुन्छ ।

५. अनुहारको चाउरीपना हटाउन हलेदोको पाउडर, काँचो दुध गाईको, टमाटर राम्रोसंग पाकेको सबैलाई मिलाएर लेप तयार गर्ने र फेसमा लगाउने ३० मिनेट पछि धुने यो नियमित लगाउनाले चाउरीपना हटाएर फेस मलायए बनाउदछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !