काजु खानाले स्वास्थ्यमा हुन्छन् यस्ता फाइदाहरु Nepalpatraकाजु खानाले स्वास्थ्यमा हुन्छन् यस्ता फाइदाहरु
२७ श्रावण २०७९, शुक्रबार

काजु खानाले स्वास्थ्यमा हुन्छन् यस्ता फाइदाहरु


kaju

हामीले मन पराउने मसलामा सवैभन्दा पौष्टिक काजूलाई मानेका छौं । यो ड्राई फ्रूटको राजा हो । यो खानाले स्वास्थ्यमा राम्रो फाइदा गर्दछ । काजूको उपयोग प्राय: मिठाई र तरकारीलाई स्वादिष्ट बनाउन प्रयोग हुने गरेको छ । काजू मिसाएको बर्फी सबैले मन पराउने भएकाले काजूको महत्व अझ बढेको देखिन्छ ।

स्वास्थ्यका दृष्टिकोणले काजु त्यसै पनि खान सकिन्छ । काजू खानुका फाइदा (Benefits of Cashew Nuts) काजू एनर्जीले भरपूर प्रोटिन र फैटको प्रमुख स्रोत हो, यसले तुरुन्त शरीरमा ऊर्जा प्रदान गर्दछ । बढ्दो उमेरका बच्चाहरूको लागि काजु सेवन गराउदा धेरै राम्रो फाइदा देखिन्छ । खेलाडीहरूले समय समयमा काजु खाने गर्नाले शरीर कमजोर हुन बाट रोक्दछ ।

काजु खानाले स्वास्थ्यमा के कस्ता फाइदा हुन सक्छ ?

१. काजूको नियमित सेवन गराउनाले शरीरलाई बलियो बनाउने काम गर्दछ । स्वास्थ्यमा राम्रो फाइदा हुने भएपनि यसलाई धेरै भने खानु हुदैन । हुनत केहि बढी खाएर खासै नोक्सान भने गर्दैन ।

२. काजूमा प्रशस्त प्रोटिन पाइने भएकाले छाला र कपाल राम्रो हुन्छ । फेस नरम हुनुको साथै कपाल बढाउन राम्रो भूमिका खेलेको पाइन्छ ।

३. काजूको सेवन गर्नाले कोलेस्ट्रोल नर्मल राख्दछ । काजूमा प्रोटिन अधिक हुनाले चाडैं पच्दछ । नियमित काजू सेवन गर्नाले ब्लड बढाउने काम गर्दछ ।

४. काजू खानेहरूको छाला नरम हुनुको साथै चमक देखिन्छ । चाडै बुढो नहोस् भन्ने चाहना हुनेले काजूको सेवन गर्नुपर्छ ।

५. भुल्ने बानी हुनेहरूका लागी काजू राम्रो खुराक हो । काजूमा भिटामिन बी प्रशस्त हुने भएकाले र काजू खाइसके पछि मह सेवन गर्नाले यूरिक एसिड बन्न बाट रोक्दछ । यूरिक यसिड र ब्लड प्रेशर पनि कन्ट्रोल हुने भएकाले काजू सेवन गर्ने बानी बसालौं ।

६. काजूमा प्रोटिनको राम्रो स्रोत भएकाले हड्डी बलियो बनाउन राम्रो भूमिका खेल्दछ । काजूमा मोनो सैचुरेटेड फ्याट पाइने भएकाले मूटुलाई सुरक्षित राख्ने काम गर्दछ ।

७. काजूमा एन्टी अक्सिडेन्ट तत्व हुने भएकाले पाचनक्रिया राम्रो बनाउनुको साथै दुब्लो भए मोटाउन थाल्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !