१२ बैशाख २०८१, बुधबार

यस्ता छन् मानव स्वास्थ्यको लागि काफल खानुका फाइदाहरु


काफल

काफल नचाख्ने सायद को होला ? आउनुस् आज काफलको बारेमा जानौं । यो फल एउटा लोकप्रिय पहाडी फल हो । यो गर्मी मौसममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ । यसको स्वाद अमिलो मिठो हुन्छ । यसको फलको रंग काँचोमा हरियो हुन्छ । पाकी सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ ।

काफललाई हामीले फलको रुपमा मात्र प्रयोग नगरेर यसलाई औषधीको रूपमा समेत प्रयोग गर्न सकिन्छ । काफलमा प्रोटिन १.३० प्रतीशत फाइवर ३.४० प्रतिशत, वसा ०.०२ प्रतिशत, जैविक पदार्थ ९८.१० प्रतिशत, कार्बोहाईड्रेट १६.१३ प्रतिशत, कैल्शियम १.० मि.ग्रा. प्रति १०० ग्राम, मैग्नीशियम ८.४ मिग्रा ० प्रति १०० ग्राम, पोटेशियम १.९८ मिग्रा ० प्रति १०० ग्राम पाइन्छ ।

काफलको नियमित सेवन गर्दा धेरै प्रकारको फाइदा हामीले काफल बाट प्राप्त गर्न सक्छौं । आजको लेखमा काफलबाट के कस्ता रोगमा प्रयोग गरेर फाइदा उठाउन सकिन्छ भन्नेबारे पाठकलाई जानकारी पस्कन गइरहेका छौं फाइदा उठाउन सक्नु हुनेछ ।

काफलको अन्य प्रयोग

१. काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गर्ने गरे दाँतको पिडा शान्त हुन्छ । काफलको सानो टुक्रा दाँतमा राख्नाले दाँतको दुखाईमा समेत फाईदा गर्दछ ।

२. तीन ग्राम काफलको बोक्रा र तीन ग्राम बालो बेलको काढा पकाई एक-दुई ग्राम तीन-चार पटक पिए अतिसारमा आराम हुन्छ ।

३. कैसर, कालो तिल र पुरानो गुड (शक्कर) र काफलको बोक्रा मिलाई काडा पकाएर पिलाए मासिकधर्म सम्बन्धी कष्ट आराम हुन्छ । यो औषधी खानासाथ अन्य खानेकुरा दिनुपर्छ ।

४. काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गर्ने गरे दाँतको पिडा शान्त हुन्छ ।

५. काफलको बोक्राको धुलोमा नून मिसाएर मञ्जन गर्ने र त्यसको काढा पकाएर मनतातो बनाएर कुल्ला गर्ने गरे लाभ हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !