१४ बैशाख २०८१, शुक्रबार

केटाहरु कन्डम प्रयोग नगर्नुका कारणहरु


सन् २००२ देखि २०१० सम्ममा आफ्नो पहिलो यौन सम्पर्कको समयमा करिब ८० प्रतिशत युवाले कन्डमको प्रयोग गर्ने बताएका थिए । तर हालै गरिएको अध्ययनले सो संख्या घटेको देखाएको छ ।उक्त अनुसन्धानका प्रमुख डेबी हेर्बिनिकले युवामा कन्डमको बारेमा गलत धारणा रहेको तथा उनीहरुमा गर्भ रोक्न मात्र कन्डम प्रयोग हुने बुझाइ रहेको बताइन् । साथै उनले युवाहरुमा यौन सम्पर्कको समयमा कन्डमको प्रयोग गर्दा पूर्ण रुपमा सन्तुष्टी पाइँदैन भन्ने गलत धारणा रहेको बताइन् ।

‘कन्डम गर्भ रोक्न मात्र प्रयोग गर्ने होइन, अहिले महिलाहरु असुरक्षित गर्भ रोक्न पिल्स तथा अन्य गर्भ निरोधक साधन प्रयोग गर्छन् जुन राम्रो पक्ष हो, तर कन्डमको प्रयोगले अन्य यौन रोग सर्न दिँदैन,’ उनले भनिन् । उनले आफ्नो यौन साथीमा कुनै यौन रोग भए नभएको थहाँ नहुने भएकाले कन्डमको प्रयोग अत्यन्तै जरुरी भएको बताइन् । उनले युवामा भएको अश्लिल चलचित्र हेर्ने बानीका कारण पनि कन्डमको प्रयोग घटेको हो । उनले भनिन् ‘अहिले धेरै युवाहरुले अश्लिल चलचित्र हेरेर यौन जीवनका बारेमा जानकारी लिन्छन्, उनीहरुले त्यहाँ यौन सम्पर्कको समयमा कन्डमको प्रयोग भएको देख्दैनन् र परिणाम स्वरुप उनीहरु पनि कन्डम प्रयोग गर्न रुचाउँदैनन्,’ उनले भनिन्, ‘म सधै युवाले कन्डमको प्रयोग गरोस् भन्ने चहान्न तर आफ्नो पार्टनरभन्दा दोस्रो महिलासँग यौन सम्पर्क राख्ने हो भने कन्डमको प्रयोग गर्नु अत्यन्त जरुरी छ । एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !