२२ बैशाख २०८१, शनिबार

स्वास्थ्यको लागि भेडे खुर्सानी खानुका फाइदाहरू


भेडे खुर्सानी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

खुर्सानी भन्दा कसलाई थाहा नहोला । यो दुई प्रकारको हुन्छ । एउटा टोकेर खान र पिसेर तरकारीमा राख्ने गरिन्छ । अर्को भने तरकारीको रूपमा प्रयोग गराइन्छ । कोहीलाई कम पिरो मनपर्छ भने कसैलाई धेरै पिरो मन पर्छ ।

खुसार्नी पिरो स्वाद लिनका लागि मात्र नभई तरकारी खान समेत सकिने खालको पनि हुन्छ । हामीले प्राय; भेडे खुर्सानी भनेर चिन्ने खुर्सानी पिरो हुँदैन र यसको तरकारी खाने गरिन्छ । यो खुर्सानी खानुको पनि निकै धेरै फाइदा छन् । यो खुर्सानीमा धेरै नै औषधीय गुण छन् ।

आजको लेखमा हामीले भेडे खुर्सानीका फाइदाबारे प्रकाश पार्नेछौं । हरियो भेडे खुर्सानीमा भिटामिन ए र सि पाइने हुनाले आँखाको कमजोरी र दन्त हर्सा समेतलाई फाइदा गर्दछ ।

भेडे खुर्सानी खानुका अन्य फाइदाहरू

१. शरिरमा रहेको कोलस्टेरोलको मात्रा कमी गर्न दैनिक यस्को तरकारी सेवन गर्नुपर्छ ।

२. खुर्सानीमा पाइने क्याप्साइसिन नामको रसायनले दुखाई कम गर्ने काम गर्छ ।

३. खुर्सानीको प्रयोगले शरिरको कम्मरको दुखाई, साइटिका, जोर्नीको दुखाईमा समेत राहत दिन्छ ।

४. उच्च रक्तचापमा समेत यो खुर्सानी लाभदायक हुन्छ । खानामा यसको अधिक प्रयोगले उच्च रक्तचाप कम गर्न मद्धत गर्छ ।

५. शरिरको बोसो तथा कार्बोहाइड्रेडलाई कम गर्नका लागी पनि यसले निकै फाइदा पुर्याउँछ ।

नोट : स्वास्थ्यका दृष्टिकोणले तयार पारिएका यस्ता लेखबाट पढेर फाइदा उठाउनु हुनेछ भन्ने हाम्रो परामर्श छ । यस्ता वस्तुको सेवनले तत्काल फाइदा नदेखिएपनि दिर्घकालीन रूपमा शरीरलाई फाइदा दिने हुनाले भान्सामा प्रयोग गरौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !