१९ बैशाख २०८१, बुधबार

स्वास्थ्यको लागि फर्सीका मन्टाको साग खानुका फाइदाहरु


फर्सीका मन्टाको साग
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

फर्सीको मन्टाको तरकारी खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभदायक छ । फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ ।

फर्सीको सागमा विभिन्न पौष्टिक तत्व हुन्छ । फर्सीको मुन्टामा भिटामिन ई, सी, ए, बी-६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो ।

मानव स्वास्थ्यलाई स्वस्थ राख्नको लागि शरीरमा यी सबै खनिज तथा पौष्टिक तत्वको आवश्यकता पर्दछ । फर्सीको साग आफ्नो नियमित भोजनमा खानुहुन्छ भने उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षित बन्न सकिने चिकित्सकहरु बताउँछन् ।

फर्सीको मुन्टा खानुका फाइदाहरु यस्ता छन्

१. फर्सीको पातमा पाइने एन्टी-अक्सीडेन्टले बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ ।

२. मानिसहरुमा उच्च कोलेस्ट्रोलको समस्याले पीडा दिएको हुन्छ । कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको मुन्टाको साग भने निकै उत्तम मानिएको छ ।

३. फर्सीको पातमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । फर्सीको मुन्टाको साग खाँदा आँखा तेजिलो हुन्छ ।

४. फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन तपाईँको छालाको लागि फाइदाजनक हुन्छ । भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई जीवित बनाउन मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ ।

५. फर्सीको मुन्टामा खतरनाक रोग क्यान्सरालाई समेत निको पार्ने गुण हुन्छ । फर्सीको पातमा पाइने फाइबरले क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुर्याउने चिकित्सकहरु बताउँछन् ।

नोट : हरियो साग नियमित सेवन गर्ने गरौं यसबाट थुप्रै भिटामिन प्राप्त हुनुको साथै रगतको कमिलाई समेत आपूर्ति गर्दछ । स्वास्थ्य धन हो भने स्वास्थ्य सबल बनाउन हरियो साग बरदान हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !