२० बैशाख २०८१, बिहिबार

स्वास्थ्यको लागि किसमिस खानुका फाइदाहरु


kismis
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

किसमिस ड्राई फ्रूट्स अन्तर्गत पर्दछ । यसमा सवै प्रकारको गुण विद्यमान छ । किसमिसमा आयरन, कैल्शियम, फाइबर, पोटैशियम, मैग्नीशियम, एंटीऑक्सीडेंट प्रयाप्त मात्रामा पाइन्छ । यसको सेवनले पाचन क्रियालाई सुधार्दै इम्यून सिस्टमलाई समेत बलियो बनाउदै जान्छ ।

किसमिसका अन्य फाइदाहरू

१. रगतको कमिमा राम्रो फाइदा गर्दछ । रगतको कमि भएकाहरूले नियमित यस्को सेवन गर्नुपर्छ । किसमिसमा भिटामिन बी र आयरनको राम्रो स्रोत मानिएको छ ।

२. किसमिस फाइबरको राम्रो स्रोत भएकाले खाना पचाउन समेत राम्रो भूमिका खेल्दछ । फाइबरको अर्को महत्वपूर्ण काम भनेको कब्जियत हटाउनु हो ।

३. किसमिस को सेवन दैनिक गर्नाले पेटमा जम्मा भएको फोहर फाल्न समेत राम्रो भूमिका खेल्दछ । सवैभन्दा महत्वपूर्ण कुरा भनेको पेटमा जम्मा भएको बिषलाई यसले हटाउने काम गर्दछ ।

४. किसमिसमा प्रशस्त क्यालशियम पाइने भएकाले गर्भवतीलाई राम्रो फाइदा गर्दछ । यसमा क्याल्शियम र आयरन हुनाले गर्भवतीले किसमिस खानुहोस् भन्ने हाम्रो राय छ । शरिरमा आवश्यक भिटामिनका कमिका कारण हुने सम्पुर्ण रोगमा यो उपयोगी छ । शरीरमा क्याल्शियमको आपूर्ति गर्नु परेमा दैनिक किसमिस खानु उत्तम मानिएको छ ।

५. सुन्दा अचम्म लाग्न सक्छ नियमित किसमिस खानेहरूलाई क्यान्सर हुदैन भनेको छ । किसमिसमा पाइने एक प्रकारको कैटेचिन नामको एंटीऑक्सीडेंट पाइने हुनाले Free Radicals लाई समेत बचाउने काम गर्दछ । किसमिसको सेवनले पेटको क्यान्सर, ट्यूमरलाई समेत रोक्दछ ।

६. किसमिसमा प्रशस्त भिटामिन-बीको समूह (बी1, बी2, बी3, बी4, बी5, बी6, बी7 और बी12) पाइने भएकाले नियमित किसमिसको सेवन गर्नुहोस् । यसले आवश्यक क्यालोरी पुरा गर्दछ ।

७. किसमिसको प्रयोग आँखाको लागी राम्रो फाइदा गर्दछ । किसमिसमा पॉलीफेनोलिक फाइटोन्यूट्रिएंट्स नामक तत्व प्रचुर मात्रामा पाइने भएकाले यसबाट प्राप्त एंटीऑक्सीडेंटले आँखाको ज्योति बढाउन राम्रो भूमिका खेल्दछ ।

८. उच्च रक्तचापका रोगीले नियमित किसमिसको सेवन गर्नु राम्रो फाइदा छ । एउटा रिपोर्ट अनुसार किसमिसको सेवनले उच्च रक्तचापलाई बढ्न समेत रोक्ने काम गर्दछ ।

९. किसमिसको नियमित सेवन गर्नाले शरीरलाई चाहिने आवश्यक क्यालोरी पुरा गरी अनेक रोगबाट बचाउन सक्नेछ ।

१०. किसमिसमा एंटीबैक्टीरियल गुण हुने भएकाले ज्वरो आएको बेला किसमिसले राम्रो फाइदा गर्दछ ।

यो पनि पढ्नुहोस्

स्वास्थ्यको लागि अश्वगन्धा खानुका फाइदाहरु

स्वास्थ्यका लागि हाडे बदाम खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !