यस्ता छन् स्वास्थ्यको लागि अश्वगन्धा खानुका फाइदाहरु Nepalpatra यस्ता छन् स्वास्थ्यको लागि अश्वगन्धा खानुका फाइदाहरु
११ जेष्ठ २०७९, बुधबार

स्वास्थ्यको लागि अश्वगन्धा खानुका फाइदाहरु


अश्वगन्धा
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आयुर्वेदमा अश्वगन्धालाई प्रमुख औषधिको रूपमा लिइएको छ । यसको वैज्ञानिक नाम Withania Somnifera हो । यो सोलेनेसी कुलको बिरूवा हो । यो औषधि नेपालको हिमाली क्षेत्रमा पाइन्छ । अशोगधाको स्वाद घोडाको जस्तो भएकाले अश्वगन्धा भएको भन्ने एकथरी छन् भने अर्को थरीले यो औषधि सेवन गर्नाले घोडा जस्तो बलियो हुने हुनाले अश्वगन्धा हुन गएको भन्ने भनाई छ ।

यो औषधि नेपालको हिमाली क्षेत्रमा पाइने जडिबुटी हो । तर भारतले विगत लामो समयदेखि यसको उत्पादन गरेर देश विदेशमा पठाएको छ । कम लागतमा उत्पादन गरेर राम्रो पैसा भित्राउन सकिने देखिन्छ । आजको लेखमा मैले अश्वगन्धाबाट के कस्ता रोगको उपचार गर्न सकिन्छ भन्ने कुरामा प्रकाश पार्नेछु ।

अश्वगन्धाको प्रयोग यसरी गर्न सकिन्छ

१. पुरूषको लागि शुक्राणुको कमि हुनुलाई ठूलो समस्याको रूपमा लिन सकिन्छ । यसको प्रयोगले शुक्राणु बढाउने काम गर्दछ । यो औषधि दूधसंग एउटा ठूलो चमच दिनमा २ पटक खानुपर्दछ ।

२. दम र खोकीमा पनि यो औषधिले राम्रो फाइदा पर्दछ । अश्वगन्धाको चूर्णलाई हल्का मनतातो दूधसंग दिनमा २ पटक खान दिनाले दम र खोकी ठिक हुन्छ ।

३. स्वयत प्रदर सेतो पानी बग्ने समस्या भएका महिलाहरूलाई यो औषधिको सेवन गराउनाले राम्रो फाइदा गर्दछ । स्वयत प्रदरमा अशोग्धाको चूर्ण २ ग्राममा १/२ ग्राम जति वंशलोचन मिस्रण गरेर दूधसंग दिनमा २ पटक खान दिनु राम्रो फाइदा गर्दछ ।

४. अल्प विकसित स्तनलाई समेत यसको सेवनले स्तन बढाउन ठूलो मद्दत गर्छ । स्तन बढाउन इच्छा भएमा शतावरी चूर्णसंग मिलाएर दिनमा २ पटक दिने ।

५. महिलाहरूको प्रजनन क्षमतालाई समेत अश्वगन्धाले राम्रो फाइदा गराउदछ ।

नोट : यो औषधि जडिबुटी बेच्नेहरूसंग ताजा खरिद गर्न सकिन्छ । आजकाल यो औषधि हर्बल कम्पनीले पाउडर र क्यापसुलमा बनाएर बजारमा ल्याएको छ ।

यो पनि पढ्नुहोस्

अदुवाका औषधि उपचारहरु

नेपालमा जडिबुटीको वर्तमान अवस्था

नेपाली जडिबुटी पलाशका चमत्कारपूर्ण गुणहरु

स्वास्थ्यको लागि चमत्कारीक जडिबुटी पुनर्नवाका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !