१५ बैशाख २०८१, शनिबार

स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ


अपूर्व क्षितिज सिंह

काठमाडौँ । स्ट्यान्ड अप कमेडियन अपूर्व सिंहलाई प्रहरीले पक्राउ गरेको छ । जातीय टिप्पणी गरेको आरोपमा कमेडियन सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

कमेडियन सिंहलाई पक्राउ गरेर काठमाडौं प्रहरी परिसर परिसरमा राखिएको छ । सिंहको स्ट्यान्डअपको भिडिओ कमेडी क्याफेको युट्युब च्यानलमार्फत् ‘नेवारको परम्परा’ शीर्षकमा अपलोड गरिएको थियो ।

नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरूद्ध शुक्रबार प्रहरीमा जाहेरी परेको थियो । सिंहले हाँस्यव्यंग्य गर्दा नेपाल भाषा, खाना तथा महिलाहरूमाथि व्यंग्य गरेको भन्दै सिंहविरूद्ध ८५ जनाले जाहेरी दिएका थिए ।

यद्यपि सिंहले उक्त भिडिओ युट्यूवबाट हटाइसकेर क्षमायाचना पनि गरिसकेकका थिए । उनले कसैमाथि अपमान गर्ने उद्देश्य नभएर रमाइलोका लागि मात्रै व्यंग्य गरेको प्रतिक्रिया दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !