भारतीय चर्चित गायक सोनु निगमलाई कोरोना संक्रमण पुष्टि Nepalpatra भारतीय चर्चित गायक सोनु निगमलाई कोरोना संक्रमण पुष्टि
११ माघ २०७८, मंगलबार

भारतीय चर्चित गायक सोनु निगमलाई कोरोना संक्रमण पुष्टि


सोनु निगमको परिवार

काठमाडौं । भारतीय चर्चित गायक सोनु निगम कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनीसहित उनकी श्रीमती मधुरिम र छोरा नीवानमा समेत कोराना संक्रमण पुष्टि भएको छ ।

निगमले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । कोरोना संक्रमित भएपछि उनी परिवारका साथ दुबईमा क्वारेन्टिनमा बसेका हुन् । उनी पछिल्लो दुई महिनादेखि नियमित कन्सर्ट र सुटिङ गरिरहेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !