११ बैशाख २०८१, मंगलबार

भारतीय चर्चित गायक सोनु निगमलाई कोरोना संक्रमण पुष्टि


सोनु निगमको परिवार

काठमाडौं । भारतीय चर्चित गायक सोनु निगम कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनीसहित उनकी श्रीमती मधुरिम र छोरा नीवानमा समेत कोराना संक्रमण पुष्टि भएको छ ।

निगमले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । कोरोना संक्रमित भएपछि उनी परिवारका साथ दुबईमा क्वारेन्टिनमा बसेका हुन् । उनी पछिल्लो दुई महिनादेखि नियमित कन्सर्ट र सुटिङ गरिरहेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !