२३ बैशाख २०८१, आइतबार

काठमाडौंका यी क्षेत्रमा आज ४ घण्टा विद्युत आपूर्ति बन्द हुने


नेपाल विद्युत् प्राधिकरण

काठमाडौँ । काठमाडौंका केही स्थानमा आज बिजुली आपूर्ति बन्द हुने भएको छ । आज काठमाडौंको चाबाहिलदेखि बौद्ध लगायतका क्षेत्रमा ४ घण्टा बिजुली काटिने भएको हो ।

उक्त क्षेत्रमा बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले डाँछी फिडर आज बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म बन्द गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

फिडर सटडाउन गर्दा त्यसअन्तर्गत पर्ने चाबाहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ । निर्धारित समयअगावै काम सकिएमा अगाडि नै विद्युत सेवा सुरू हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !