१९ बैशाख २०८१, बुधबार

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा तालिका सार्वजनिक


राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । आज बसेको बोर्डको बैठकले आगामी जेठ २६ गतेदेखि असार ४ सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । जेठ २७ गते ऐच्छिक नेपाली, भूगोल, कम्प्युटर साइन्स लगायतका विषयको परीक्षा हुने छ ।

बोर्डले प्रकाशित गरेको परीक्षा तालिकामा फिजिक्स, पोलिटिकल साइन्स, होम साइन्स, होटल म्यानेजमेन्ट लगायतका विषयको परीक्षा जेठ २८ गते हुनेछन् ।

यस्तो छ परीक्षा तालिका

यो पनि पढ्नुहोस्

राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई परीक्षाको तालिका सार्वजनिक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !