१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई परीक्षाको तालिका सार्वजनिक


राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को समय तालिका सार्वजनिक गरेको छ । बोर्डको हिजो बसेको बैठकले गरेको निर्णय आज बुधबार परीक्षा तालिका सार्वजनिक गर्दै एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म संचालन हुने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुने छ । जेठ १३ गते पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य सँस्कृत भाषा र साहित्य/अनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने छ ।

बोर्डले प्रकाशित गरेको परीक्षा तालिकामा जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ । जेठ १६ गते अनिवार्य गणित र जेठ १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने छ ।

जेठ १८ गते सामाजिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । २० गते ऐच्छिक गणितको परीक्षा हुने छ । सो दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने छ ।

यस्तो छ एसईई परीक्षा तालिका

राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई परीक्षाको तालिका सार्वजनिक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !