२४ बैशाख २०८१, सोमबार

अञ्जन श्रेष्ठ उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष निर्विरोध निर्वाचित


अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

पहिलो चरणमा ३ जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा हुने भएको थियो । तर अर्का प्रत्यासी उमेशलालले पनि अञ्जनलाई समर्थन गर्ने सहमति भएपछि उनी उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

रामचन्द्र संघई पहिलो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका थिए । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष उम्मेदवारले ५० प्रतिशत मतभार कटाउनुपर्ने भएकोले दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएतापनि उमेशलालले अञ्जनलाई समर्थन गरेपछि पुन: निर्वाचन गर्नुपरेन ।

पहिलो चरणको निर्वाचनमा जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जनले सबैभन्दा धेरै ३७.९९ प्रतिशत मत प्राप्त गरे भने उमेशलालले ३१.५१ मत प्राप्त गरे । साथै रामचन्द्र संघईले ३०.४६ मत प्राप्त गरे ।

मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको १६२० मतमध्ये संघईले ६१३ मत प्राप्त गरे साथै अञ्जनले ५७३ मत र उमेशलालले ४२६ मत प्राप्त गरे । साथै ८ मत बदर भयो ।

जिल्ला नगरतर्फ कुल खसेको ११७ मतमध्ये अञ्जनले ४७, संघईले ३९ र उमेशलालले २८ मत प्राप्त गरे । साथै ३ मत बदर भयो । वस्तुतगतर्फ खसेको १२३ मतमध्ये उमेृशलालले ६९, अञ्जनले ४१ र संघईले १२ मत प्राप्त गरे भने एक मत बदर भयो ।

यस्तै उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा संघई समूहकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । जिल्ला नगर उपाध्यक्षमा संघई प्यानलकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।

महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि अध्यक्ष भएका छन् भने वरिष्ठ उपाध्यक्षमा चुनिएका अञ्जन ढकालको तीन वर्षे कार्यकाल सकिएपछि स्वतः अध्यक्ष हुने छन् ।

यो पनि पढ्नुहोस्

महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन : उमेश र अञ्जन भिड्ने

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने

एसोसिएट उपाध्यक्षमा संघई समूहकी ज्योत्सना श्रेष्ठ विजयी

वस्तुगत उपाध्यक्षमा उमेशलाल प्यानलका हेमराज ढकाल विजयी

जिल्ला नगर उपाध्यक्षमा संघई प्यानलका सुरकृष्ण वैद्य विजयी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !