२५ बैशाख २०८१, मंगलबार

जिल्ला नगर उपाध्यक्षमा संघई प्यानलका सुरकृष्ण वैद्य विजयी


सुरकृष्ण वैद्य

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघई प्यानलका सुरकृष्ण वैद्य विजयी भएका छन् । त्रिपक्षीय प्रतिस्पर्धामा वैद्य ४३ मत ल्याएर विजयी भएका हुन् ।

यस्तै अरुणराज सुमार्गीले ३७ तथा अहिलेको जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले ३४ मत ल्याए । जिल्लाबाट निर्वाचन लड्न सदस्यको प्यानल बनाउन नसकेपनि उपाध्यक्ष पदमा वैद्य विजयी भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !