१५ जेष्ठ २०८१, मंगलबार

रास्वपाको संसदीय दलको बैठक आज बस्दै


रास्वपा बैठक फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ । रास्वपाको संसदीय दलको बैठक आज बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।

आगामी वैशाख २८ गतेदेखि बस्ने संसद् बैठकको तयारीका लागि संसदीय दलको बैठक बस्न लागेको हो । आज बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल लगायतले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुने बताइएको छ ।

पार्टी सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने माग नेपाली कांग्रेसले उठाइरहेको छ । कांग्रेसले समिति नबने बजेट अधिवेशन चल्न नदिने बताएको छ ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहकारीमा देखिएको समग्र संकट हटाउन संसदीय छानबिन समिति बनाउन सकारात्मक देखिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !