६ जेष्ठ २०८१, आइतबार

एसोसिएट उपाध्यक्षमा संघई समूहकी ज्योत्सना श्रेष्ठ विजयी


ज्योत्सना श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघई समूहकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । उनले उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको एसोसिएट उपाध्यक्षमा सयुक्त उम्मेदवार रहेका भरत आचार्यलाई पराजित गरेकी हुन् ।

श्रेष्ठले ८४६ मतसहित जित हासिल गर्दा आचार्यले ७८१ मत पाइन् । जिल्ला नगर उपाध्यक्षमा संघई प्यानलकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !