३ मंसिर २०८१, सोमबार
खेलकुद

राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ लाई

काठमाडौँ, २४ वैशाख । मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं २ ले जितेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा प्रदेश २ ले सुदुरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।