खेलकुद

  • nepali player

    यूएईविरुद्ध नेपाल ४ विकटले विजयी, कप्तान पारस खड्काको अर्धशतक

    २८ माघ, काठमाण्डौ । विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालका कप्तान पारस खड्काको अर्ध शतकको मद्दतमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको छ। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ५१ रन प्रहार गरे। नामिबियाको विन्डहोक क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपाललाई युएईले ११५ रनको लक्ष्य दिउको थियो। ओसिलो खेल मैदानका कारण ३४ ओभरमा छोट्याइएको खेलमा […]

  • nepal kriket

    नेपाल युएईसंग प्रतिस्पर्धा गर्दै

    २८ माघ, काठमाण्डौ । नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा नेपालले आज (आइतबार) बलियो टोली युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा एक हार र एक जित निकालेको नेपालले तेस्रो खेलमा युएईविरुद्ध खेल्न लागेको हो । विन्डहुकस्थित अफिस पार्कमा नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १ […]

  • महिला भलिवल

    प्रचण्डद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन

    २७ माघ, चितवन । प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता-२०७४ शनिबारबाट चितवनको पटिहानीमा सुरु भएको छ । आमन्त्रण भलिबल प्रतियोगिता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिनको खेलमा न्यू डायमण्ड, नेपाल आर्मी र एपीएफ विजयी भएका छन् ।

  • nepali player

    विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको दोस्रो खेलमा नेपाल ओमानसँग पराजित

    २६ माघ, काठमाण्डौ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत दोस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । एफिज पार्क मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाललाई ६ विकेटले हराउँदै ओमान विजयी भएको हो ।

  • nepal kriket

    विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपाल र ओमान भिड्दै

    २६ माघ, काठमाण्डौ । विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत शुक्रबार नेपाल ओमनविरुद्ध भिड्दै छ । डिभिजन–३ बाट बढुवा हुँदै डिभिजन-२ मा उक्लिएको ओमान र डिभिजन–१ वाट घटुवा हुँदै डिभिजन-२ खेल्न पुगेको नेपालबीच शुक्रबार विन्डहोकस्थित आफिस पार्कमा हुने खेल दुवै टिमका लागि अघिल्लो चरण प्रवेश गर्न जित्नै पर्ने दबाब छ। नेपालका लागि शुक्रबारपनि सहज छैन् । […]

  • nepali player

    विश्व क्रिकेट लिगमा नामिबियामाथि नेपालको संघर्षपूर्ण जित

    २५ माघ, काठमाण्डौ । नामिबियामा जारी वर्ल्ड डिभिजन लिग २ को खेलमा १३९ रनकोलक्ष्य पछ्याइरहेको नेपालको नवौं विकेट झरेको छ । सोमपाल कामी १३ रनमा आउट भएका छन् । नेपाललाई अब जीतका लागि १८ रन आवश्यक छ। सन्दीप लामिछाने र वसन्त रेग्मी क्रिजमा छन् ।

  • nepali player

    नेपालको टस जितसंगै पहिले फिल्डिङ गर्ने निर्णय

    २५ माघ, काठमाण्डौ । नामिवियामा सुरु भएको विश्व क्रिकेट लिग डिभजन–२ अन्तगर्त नामिविया विरुद्ध सुरु हुन लागेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । रमन सिवाकोटी डब्लुएपी मैदानमा सुरु भएको छ । आजै केन्या र यूएई वान्डरर्स मैदानमा प्रतिस्पर्धा गर्नेछन् । अर्को खेलमा ओमान र क्यानडावीच ट्रस्टको युनाइटेड मैदानमा प्रतिस्पर्धा हुनेछ […]

  • bharatiya players

    तेस्रो एकदिवसीयमा पनि भारतको प्रभावशाली जित

    एजेन्सी, २५ माघ । दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतीय टिमले दक्षिण अफ्रिकाविरुद्धको ६ खेलको एकदिवसीय सिरिजको तेस्रो खेलमा पनि प्रभावशाली जित निकालेको छ । कप्तान विराट कोहलीको शानदार शतकीय पारी तथा शिखर धवनको अर्धशतक र बलरहरूको कसिलो बलिङअघि दक्षिण अफ्रिका निरीह रह्यो । यससँगै भारतले ३-० को अग्रता कायम गरेको छ । भारतले पहिले ब्याटिङ […]

  • Football

    बुढासुब्बा गोल्डकपको क्वाटरफाइनलमा थ्रीस्टार र सुदूरपश्चिम भिड्दै

    २३ माघ, सुनसरी । बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार सुदूरपश्चिम–११ र थ्रीस्टार क्लबवीच प्रतिष्पर्धा हुँदैछ । उक्त जारी खेल धरानमा दिउँसो तीन बजे प्रस्तावित क्षेत्रीय रंगशालामा हुने आयोजकले जनाएको छ । सुननसरीको इटहरीमा भर्खरै सम्पन्न मदन भण्डारी इटहरी गोल्डकपका विजेता थ्रीस्टार उच्च मनोबलका साथ मैदानमा उत्रँदैछ भने सुदूरपश्चिम–११ थ्रीस्टारलाई पहिलो खेलवटै पाखा लगाउने […]

  • three-star

    १६ औँ आहा रारा गोल्ड कपमा पुलिस फाइनलमा

    १८ माघ, कास्की । पोखरामा जारी १६ औँ आहा रारा गोल्ड कपमा नेपाल पुलिस क्लबले फाइनलमा स्थान सुरक्षित गरेको छ । पोखरा रंगशालामा बिहीबार सम्पन्न प्रतिस्पर्धात्मक सेमिफाइनलमा पुलिसले धरान फुटबल क्लबलाई १-० ले पराजित गर्दै फाइलमा स्थान बनाएको हो । अब विभागीय टिम पुलिसले उपाधिका लागि शनिबार थ्री स्टारविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा थ्री स्टार […]

  • nepali player

    पहिलो अभ्यास खेलमा नेपाल विजयी

    १६ माघ, काठमाण्डौ । विश्व क्रिकेट लिग डिभिजन टूको तयारीको लागि रहेक नेपालले पहिलो अभ्यास खेलमा यूएईको ‘ए’ टिमलाई २५ रनले हराएको छ । नेपालले तीन बल खेल्न बाँकी छँदा सबै विकेट गुमाएर २४६ रन बनाएको थियो । जवाफमा यूएई एले ४८.४ ओभरमा सबै विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो । फहाद नवाज र […]

  • gajadis agrawal

    अग्रवाललाई आइओएममा काम गर्न अवरोध

    १६ माघ, काठमाण्डौ । चिकित्साशास्त्र अध्ययन संस्थानमा डिनको रूपमा काम गर्न जगदिश अग्रवाललाई त्रिभुवन विश्वविद्यालयले अवरोध गरेको छ । झण्डै १ महिनाअघि सर्वोच्चले पूर्वडिन शशी शर्मालाई ४ दिनका लागि पुनर्वहाली गरेपछि अग्रवालको डिन पद के हुने भन्ने अलमल थियो । पुस २८ गते अनसनरत डाक्टर गोविन्द केसी र सरकारबीच शर्माले ४ दिन काम गरेपछि अग्रवाललाई नै […]

  • barsinola

    सिटी एफए कपको पाँचौ चरणमा पुग्दा बार्सिलोनाको अपराजित यात्रा जारी

    एजेन्सी, १५ माघ । म्यानचेस्टर सिटीले एफ ए कपको पाँचौ चरणमा स्थान बनाउँदा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको अपराजित यात्रा जारी छ । आइतबार राति भएको खेलमा क्यार्डियाफ सिटीलाई २ – ० ले हराउँदै म्यान्चेष्टर सिटी एफए कपको पाचौं चरणमा पुगेको छ । स्पेनिस लिगमा घरेलु मैदान क्याम्प नउमा बार्सिलोना आलाभेजविरुद्ध २ – १ को […]

  • Sandip Lamichhane

    सन्दिपले आईपीएल खेल्ने, दिल्ली डेयरडेभिल्सले किन्यो २० लाखमा

    १४ माघ, काठमाण्डौ । नेपाली युवा बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) को ११औँ संस्करणका लागि दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको छ । यससँगै सन्दीप आईपीएल टिममा आबद्ध हुने पहिलो नेपाली खेलाडी बनेका छन् । जारी आईपीएल अक्सनमा सन्दीप लामिछानेको नाम २७६औँ नम्बरमा सूचीकृत थियो । सन्दीपलाई दिल्लीले वेस प्राइस २० […]

  • rooo_MyXRSeD

    रोनाल्डोले दुई गोल गर्दा भ्यालेन्सियामाथि रियलको सहज जित

    एजेन्सी, १४ माघ । क्रिस्टियानो रोनाल्डो प्रेरित खेलमा रियल म्याड्रिडले भ्यालेन्सिया माथि ४-१ को प्रभावशाली जित निकालेको छ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति रियललाई जित दिलाउन रोनाल्डोले दुई गोल गरे । भ्यालेन्सियालाई उसकै घरेलु मैदानमा हराउने क्रममा रोनाल्डोको २ तथा मार्सेलो र टोनी क्रुसको नाममा एक-एक गोल रह्यो । रोनाल्डोले खेलको १६औं र […]