५ जेष्ठ २०८१, शनिबार
खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : करातेमा पुलिस अब्बल

कुश्मा, पर्वत । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत करातेमा विभागीय टोली नेपाल पुलिस क्लब अब्बल निस्केको छ । पुलिस क्लबले हालसम्म छिनोफानो भएका आठमध्ये चार स्वर्ण आफ्नो पोल्टामा पारेको छ । पुलिसले दुई रजत र दुई कास्य पदकसमेत प्राप्त गरेको छ