६ चैत, काठमाण्डौ । आइसीसी विश्वकप छनोटमार्फत अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता हासिल गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले स्वागत गरेका थिए ।