१५ जेष्ठ २०८१, मंगलबार
समाज

जलाधार संरक्षणको अभावमा कृषि योग्य उपयोगविहीन

२२ साउन, पोखरा । कास्की, तनहुँ र स्याङ्जा भएर बग्ने सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा यस आसपासको ५०० रोपनीभन्दा बढी उब्जाउयोग्य जग्गा बगरमा परिणत भएको छ । कृषि योग्य खोला किनारका जमीन वर्षौंदेखि जलाधार संरक्षणको अभावमा उपयोगविहीन बनेका हुन् ।