३१ असार २०८३, बुधबार
धर्म-संस्कृति

कोरोनाका बीच राना थारु ‘तीज’ पर्व मनाइँदै

महेन्द्रनगर, ८ साउन । पश्चिम नेपालमा मात्रै बसोवास गर्ने राना थारु समुदायको परम्परागत तीज पर्व कोरोना भाइरस जोखिमका बीच सामान्यरूपमा मनाइँदै छ । धार्मिक एवं परम्परागतरूपमा लामो समयदेखि कञ्चनपुर र कैलालीका राना समुदायले विधिवतरूपमा तीज पर्व मनाउँदै आएका छन् ।